विदेशमा रहेका नेपालीले गरे बालगृहलाई आर्थिक सहयोग
वालिङ,८ साउन- फेदीखोलामा सञ्चालित अमोरसेवा नेपाल (बालगृह) लाई विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेकाछन् । फेदीखोला गाउँपालिका १ कटुजे स्वाँरामा रहेको बालगृहलाई जापान र कतारमा रहेका नेपालीहरुले रु १ लाख ७५ हजार नगद सहयोग गरेकाहुन । उनिहरुले बालगृहमै पुगेर एक कार्यक्रमकाबीच सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
यसै गरी स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार सुक बहादुर केसीले रू १ लाख सहयोग स्वरुप बालगृहलाई प्रदान गर्नुभएको छ । जापानमा सफल ब्यवसायीको पहिचान बनाउनु भएका केसीले बालगृहकी अध्यक्ष कमला पराजुलीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै केसीले अनाथ बालबालिकालाई आमाको न्यानो मायाकासाथ लालनपालन सहित शिक्षादिक्षाको जिम्मेवारी लिएको बालगृहले गरेको महान कार्यबाट आँफूलाई गर्व लागेको बताउनुभयो । मानव सेवा ठूलो धर्म हो, यस्तो पूण्य कार्यका लागि आज यो एउटा सानो सहयोग गरेको छु, भोलिका दिनमा पनि आफ्नो साथ र सहयोग रहने केसीको भनइ थियो ।
नेपाली महिला समाज कतारका तर्फबाट पनि बालगृहलाई रू ७५ हजार सहयोग गरिएको छ । महिला समाजकी सचिव सरिता भण्डारीको नेतृत्वमा आएको टोलीले सहयोग रकम बालगृहकी अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेको हो । यो बालगृहमा नर्सरीदेखि स्नातकतहमा अध्ययन गर्ने बालबालिकाछन् । अध्यक्ष पराजुलीका अनुसार बालगृह सञ्चालनमा कुनै एनजियो, आइएनजियोको सहयोग लिइएको छैन । एनजियो, आइएनजियोले सर्तमा सहयोग गर्ने बुझेपछि उचित नठानेको अध्यक्ष पराजुलीको भनाई छ ।
विभिन्न व्यक्ति, संघ संस्थाहरुको सहयोगमा अमोरसेवा चलिरहेको अध्यक्ष पराजुलीले बताउनुभयो । मानव सेवा ठूलो धर्म हो । सडक बालबालिकाहरुले पनि बाँच्न पाउनुपर्छ र विभिन्न अवसरहरु प्राप्त गर्नुपर्छ भन्ने लागेर बालगृह सञ्चालन गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















