पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीको अधिवेशन सम्पन्न, अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित

वालिङ,४ चैत– वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीको १६ औं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले संस्थाका शेयर सदस्य सुदन श्रेष्ठको नेतृत्वमा सात सदस्यि व्यवस्थापन समिति समेत गठन गरेको छ । अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । समितिको सदस्यहरुमा सच्चिदानन्द यादव, रमता पराजुली, कमल बहादुर कुँवर, विनोद कुमार श्रेष्ठ, हिमलाल पराजुली र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) यामप्रसाद डुम्रे (अमृत) रहनुभएको छ ।
साधारण सभाले शैक्षिक क्षेत्रमा पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीलाई जिल्लामै एक नमूना शैक्षिक संस्थाको रुपमा स्थापित गर्नको लागि आवश्यक कार्यहरु गर्ने र प्रविधियुक्त गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि आवश्यक कार्यहरु समेत गर्ने निर्णय गरेको छ ।
स्थापना कालको छोटो समयमै जिल्लाको शैक्षिक क्षेत्रमा पिस जोनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै अझ प्रभावकारी रुपमा संस्थालाई अगाडी बढाउने समेत साधारण सभामा सहभागी शेयरसदस्यहरुकोे भनाइ रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामप्रसाद डुम्रे (अमृत) ले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सच्चिदानन्द यादव, रमता पराजुली, विनोद कुमार श्रेष्ठ, पुरन चन्द्र गैह्रे, भुवाप्रसाद डुम्रे, रेशमलाल न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुदन श्रेष्ठको अध्यक्षता र प्रेम प्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाका संस्थापक अध्यक्ष वसन्त श्रेष्ठको असामहिक निधन भएपछि सुदन श्रेष्ठले अध्यक्षको जिम्मेवारी समाल्दै आउनुभएको थियो । संस्थापक अध्यक्ष श्रेष्ठको निधन प्रति दुःख व्याक्त गर्दै संस्थालाई थप प्रभावकारी रुपमाअगाडी बढाउने समेत साधारण सभाले निर्णय गरेको छ ।
वालिङ नगरपालिका ९ भुम्रेमा २०६३ सालमा स्थापना भएको पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले शैक्षिक क्षेत्रमा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । शैक्षिक गुणस्तरका कारण दिन प्रतिदिन विद्यालय प्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पाइन्छ ।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार