पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीको अधिवेशन सम्पन्न, अध्यक्षमा सुदन श्रेष्ठ निर्वाचित
वालिङ,४ चैत– वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीको १६ औं वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न अधिवेशनले संस्थाका शेयर सदस्य सुदन श्रेष्ठको नेतृत्वमा सात सदस्यि व्यवस्थापन समिति समेत गठन गरेको छ । अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । समितिको सदस्यहरुमा सच्चिदानन्द यादव, रमता पराजुली, कमल बहादुर कुँवर, विनोद कुमार श्रेष्ठ, हिमलाल पराजुली र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक (प्रिन्सिपल) यामप्रसाद डुम्रे (अमृत) रहनुभएको छ ।
साधारण सभाले शैक्षिक क्षेत्रमा पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीलाई जिल्लामै एक नमूना शैक्षिक संस्थाको रुपमा स्थापित गर्नको लागि आवश्यक कार्यहरु गर्ने र प्रविधियुक्त गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि आवश्यक कार्यहरु समेत गर्ने निर्णय गरेको छ ।
स्थापना कालको छोटो समयमै जिल्लाको शैक्षिक क्षेत्रमा पिस जोनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउदै अझ प्रभावकारी रुपमा संस्थालाई अगाडी बढाउने समेत साधारण सभामा सहभागी शेयरसदस्यहरुकोे भनाइ रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यामप्रसाद डुम्रे (अमृत) ले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सच्चिदानन्द यादव, रमता पराजुली, विनोद कुमार श्रेष्ठ, पुरन चन्द्र गैह्रे, भुवाप्रसाद डुम्रे, रेशमलाल न्यौपाने लगायतले बोल्नुभएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुदन श्रेष्ठको अध्यक्षता र प्रेम प्रसाद तिवारीको सञ्चालनमा सम्पन्न भएको थियो । संस्थाका संस्थापक अध्यक्ष वसन्त श्रेष्ठको असामहिक निधन भएपछि सुदन श्रेष्ठले अध्यक्षको जिम्मेवारी समाल्दै आउनुभएको थियो । संस्थापक अध्यक्ष श्रेष्ठको निधन प्रति दुःख व्याक्त गर्दै संस्थालाई थप प्रभावकारी रुपमाअगाडी बढाउने समेत साधारण सभाले निर्णय गरेको छ ।
वालिङ नगरपालिका ९ भुम्रेमा २०६३ सालमा स्थापना भएको पिस जोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीले शैक्षिक क्षेत्रमा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । शैक्षिक गुणस्तरका कारण दिन प्रतिदिन विद्यालय प्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पाइन्छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















