गल्याङमा कृषिमेला सुरु कृषकलाई प्रविधिसंग जोड्नुपर्नेमा अध्यक्ष सुनारको जोड


वालिङ,३ चैत- गल्याङमा शुक्रबारदेखि मेला सुरुभएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा भएको प्रथम गल्याङ नगर आलु तथा कृषि प्रदर्शनी २०७९ को उद्घाटन गर्दै गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले कृषकलाई प्रविधिसंग जोड्नुपर्ने बताउनुभएको छ ।

कृषकलाई प्रविधिसंग जोड्दै यस पेशामा आर्कषण गर्नुपर्नेमा जोड दिनुभयो । कृषि पेशालाई व्यावसायीक रुवमा अगाडी बढाउनको लागि कृषिमा प्रविधिको प्रयोगका साथै कृषकले उत्पादन गरेका वस्तुको बजारीकरण सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कृषि प्रदर्शनी मेलाले कृषकहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि सहयोग पुग्ने अध्यक्ष सुनारको भनाइ थियो । आलु उत्पादनको लागि संभावना बोकेको गल्याङमा कृषकहरुलाई सामुहिक रुपमा खेती गर्न हौसला प्रदान गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष कुमराज बास्तोला, गल्याङ नगरपालिका ३ का वडा अधयक्ष कृष्ण प्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले आलु कृषक र अन्य कृषकहरुलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको जानकारी दिनुभयो । यस्तै, प्रदर्शनीको अवधिभर नीजि तथा सरकारी विद्यालयहरुबाट विभिन्न उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । प्रदर्शनीलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहने छ । प्रदर्शनीको पहिलो दिन शुक्रबार राष्ट्रिय कलाकार रोशन गैरे र सुनिता नेपालीले प्रस्तुति राख्नुभएको थियो भने शनिबार राष्ट्रिय कलाकार प्रकाश पराजुली र श्रीधर अधिकारीको प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा कृषि सँग सम्बन्धित २० भन्दा बढी स्टलहरु रहेकाछन् ।

गल्याङ नगरपालिका ३ खेल मैदानमा सुरु भएको प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता रहोस भन्ने उद्देश्यले निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । कार्यक्रम गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटको स्वागत मन्तव्य र महासचिव दल बहादुर सिंजालीले सञ्चालन गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

२०८२ असार १८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal