कास्कीका पालिकाहरूको वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक


पोखरा,२८ फागुन- जिल्ला समन्वय समिति कास्कीले आर्थिक वर्ष २०७८-०७९ को कास्कीका पालिकाहरूको वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ।
जसअनुसार अन्नपूर्ण गाउँपालिकाले ७०,रुपागाउँपलिकाले ६४.५ ,माछापुच्छ्रे गाउँपालिकाले ५४,मादी गाउँपालिकाले ५३ र पोखरा महानगरपालिकाले ४३ अंक प्राप्त गरेका छ्न। एक कार्यक्रमको आयोजना गरि सो नतिजा सार्वजनिक गरिएको हो ।
सो मुल्यांकनको कार्यबिधी अनुसार विभिन्न ११८ वटा सुचकलाई आधार बनाएर कुल १०० पूर्णाङ्कमा मुल्यांकन गर्ने गर्दछ।

सार्वजनिकिकरण कार्यक्रम लगत्तै आयोजित समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले नेपालमा नै पहिलो पटक औपचारिक कार्यक्रम आयोजना गरेर नतिजा सार्वजनिक गरिएको भन्दै सबै क्षेत्रमा कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर वृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयाे।
प्रमुख पौडेलले समृद्ध कास्कीका लागि सबै राजनीतिक दल,जनप्रतिनिधि र कर्मचारीहरूको बराबर भुमिका रहने हुँदा युद्धस्तरमा वित्तीय सुशासनका काममा खटिन आग्रह गर्नुभयाे ।
समिक्षा कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे, मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उप सचिब रमेश घर्ती, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय गण्डकीका प्रमुख किशोरकुमार श्रेष्ठ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्की प्रमुख केशवराज ढकाल सहित कास्किका जिल्ला समन्वय अधिकारी नबराज बराल, माछापुच्छ्रे गाउँपालिकाका उप प्रमुख सीता अधिकारी लगायतले वित्तीय सुशासन बिना सुशासनको कल्पना पनि गर्न नसकिने र यसकाे लागि पालिकाका सबै शाखा र कर्मचारी सहित जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएकाे थियाे।
कार्यक्रममा कास्किका पालिकाका जनप्रतिनिधि ,प्रमुख प्रशासकिय अधिकृत सहित सो बिषय सम्बन्धि फोकल पर्सन कर्मचारीहरूको सहभागिता रहेको थियो।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal