विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता
वालिङ,२७ फागुन- आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय संग सम्बन्धित क्याम्पसहरुमा शनिबार विद्यार्थी संगठनहरुले आआफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएकाछन् ।
यसै गरी स्याङ्जा जिल्लाको मध्यभागमा रहेको देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखि क्याम्पसमा पनि तीन ओटा संगठनले उम्मेदवारी दर्ता गराएकाछन् ।
निर्वाचनको तालिका अनुसार निर्धारित समयमा नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक जगन्नाथ पंगेनीले जानकारी दिनुभयो । संयोजक पंगेनीका अनुसार अनेरास्ववियुले अध्यक्ष सहित पुरै प्यानलमा उम्मेदवारी दर्ता गराएको छ भने नेविसंघले एक सदस्यमा खालि राखेर बाकी पदमा अध्यक्ष सहितस उम्मेदवारी दर्ता गराएको छ । उता अनेरास्ववियु (क्रान्तिकारी) ले एक सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएको छ ।

वालिङ बहुमुखि क्याम्पसका कार्यबहाक क्याम्पस प्रमुख युवराज पाठकले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एक हजार २३ विद्यार्थी मतदाताको रुपमा रहेको बताउनुभयो । २०३७ सालमा स्थापना भएको सो क्याम्पसमा ११ कक्षा देखि स्नातकोत्तर तह सम्म पढाइ हुदै आएको छ । निर्वाचनमा ११, १२ कक्षाका विद्यार्थीहरुलाई भने सहभागि नगराइएको क्याम्पस प्रशासनले जनाएको छ ।
सम्पुर्ण मतदाता विद्यार्थीहरुको फोटो सहितको मतदाता नामावली प्रकाशन गरिएकोे निर्वाचन संयोजक पंगेनीले जानकारी दिनुभयो ।
निर्वाचको लागि उम्मेदवारी दर्ता गराएका विद्यार्थी संगठनका उम्मेदवारको नामावली यस प्रकार रहेको छ ।


ताजा
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार





















