विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता
वालिङ,२७ फागुन- आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय संग सम्बन्धित क्याम्पसहरुमा शनिबार विद्यार्थी संगठनहरुले आआफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएकाछन् ।
यसै गरी स्याङ्जा जिल्लाको मध्यभागमा रहेको देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखि क्याम्पसमा पनि तीन ओटा संगठनले उम्मेदवारी दर्ता गराएकाछन् ।
निर्वाचनको तालिका अनुसार निर्धारित समयमा नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक जगन्नाथ पंगेनीले जानकारी दिनुभयो । संयोजक पंगेनीका अनुसार अनेरास्ववियुले अध्यक्ष सहित पुरै प्यानलमा उम्मेदवारी दर्ता गराएको छ भने नेविसंघले एक सदस्यमा खालि राखेर बाकी पदमा अध्यक्ष सहितस उम्मेदवारी दर्ता गराएको छ । उता अनेरास्ववियु (क्रान्तिकारी) ले एक सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएको छ ।

वालिङ बहुमुखि क्याम्पसका कार्यबहाक क्याम्पस प्रमुख युवराज पाठकले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एक हजार २३ विद्यार्थी मतदाताको रुपमा रहेको बताउनुभयो । २०३७ सालमा स्थापना भएको सो क्याम्पसमा ११ कक्षा देखि स्नातकोत्तर तह सम्म पढाइ हुदै आएको छ । निर्वाचनमा ११, १२ कक्षाका विद्यार्थीहरुलाई भने सहभागि नगराइएको क्याम्पस प्रशासनले जनाएको छ ।
सम्पुर्ण मतदाता विद्यार्थीहरुको फोटो सहितको मतदाता नामावली प्रकाशन गरिएकोे निर्वाचन संयोजक पंगेनीले जानकारी दिनुभयो ।
निर्वाचको लागि उम्मेदवारी दर्ता गराएका विद्यार्थी संगठनका उम्मेदवारको नामावली यस प्रकार रहेको छ ।


ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















