वालिङमा सञ्चालन भइरहेको महायज्ञमा भक्तजनको उत्साहजन सहभागिता
वालिङ,६फागुन- वालिङमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको छ । श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ मा श्रद्धालु भक्तजनहरुको दैनिक उत्साहजनक सहभागिता रहेको हो ।
श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको हो । फागुन १ गतेदेखि सुरु भएको महायज्ञ ७ गते आइतबार समापन गरिने छ । महायज्ञमा व्यक्तिगत तथा संस्थागतरुपमा भक्तजनहरुले दान गरेका छन् ।
महायज्ञमा छैटौं दिन शनिबार ४० लाख नगद सँकलन भएको छ । यो सहित शनिबारसम्म जम्मा नगद रु. ७१ लाख भन्दा बढी संकलन भएको आयोजकले जनाएको छ । पण्डित नेत्रप्रसाद पराजुली प्रमुख वाचक रहनुभएको महायज्ञमा पितृहरुको बैकुण्ठवासको कामनाका लागि १० लाख दिप प्रज्ज्वलन, सवा लाख गायत्री मन्त्रजाप तथा हवन, लघुरुद्री पाठ, सतचण्डी पाठ पारायण गरिएको छ । नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, ब्रतबन्ध, तुलादान, भुमिदान, गौदानलगायतको कार्यक्रमहरु महयज्ञमा समावेस गरिएका छन् ।
शिव रात्रिको अवसरमा फागुन ६ गते शनिबार महाशिवरात्रि विषेश झाँकी एवं शिव कथा वाचन गरिएको थियो । गाई पालनतर्फ आक्रशित गर्नुका साथै धार्मिक तथा वैज्ञानिक महत्व रहेको गाईको संरक्षणका लागि महायज्ञको आयोजना गरिएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















