जनप्रिय आधारभूत विद्यालयको ४८ औं वार्षिकोत्सव सम्पन्न
वालिङ,२१ माघ- वालिङ गरपालिका १२ धनमुडामा रहेको जनप्रिय आधारभूत विद्यालको ४८ औं वार्षिकोत्सव, अभिभावक भेला एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै वालिङ गरपालिकाकी उपप्रमुख कविता तिवारीले समग्र नगरपालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो । नगरपालिकाले शिक्षालाई महत्वका साथ लिएको बताउदै विद्यालय र शिक्षहरुका समस्या समाधानको लागि नगरपालिका लागिपर्ने समेत बताउनुभयो । उहाँले स्वास्थ्य, शिक्षा कृषिका क्षेत्रमा योजना बनाएर काम गर्ने बताउनुभयो । जनप्रिय आधारभूत विद्यालयको भौतिक निमाणर्को लागि नगरपालिकाले सहयोग गर्ने नगरउपप्रमुख तिवारीको भनाई थियो ।

कार्यक्रममा वडा अध्यक्ष विश्जं गुरुङले विद्यालयको शैक्षिक सुधारका साथै गुणस्तर बृद्धिका लागि वडाका साथै नगरसंग समन्वय गरेर काम गर्ने बताउदै समग्र वडाको विकासको लागि आफुले नगरपालिकामा पहल गरिरहेको बताउनुभयो । विकास निमाणर्मा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन खनाल, विद्यालयका पूर्व शिक्षक विनोदकुमार गौडेल, भूपूविद्यार्थी मञ्चका अध्यक्ष विनुप्रसाद पराजुली, उपाध्यक्ष भोजरान भण्डारी, सचिव नेत्रप्रसाद गैह्रे, कोषाध्यक्ष केशव पराजुली जनकल्याण आधारभूत विद्यालय एकनारायण गैह्रे, कमल कुँवर लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रअ खगिसरा गौंडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यालयकी शिक्षिका गुमा पराजुलीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पराजुलीको अध्यक्षता र शिक्षक पिताम्बर पराजुलीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लोकगायत प्रकाश पराजुली र गायक निमेश न्यौपानेको सांगितिक प्रस्तुतीका साथै विद्यालयका वालवालिकाहरुको नृत्य प्रस्तुतीले थप रौनकता छाएको थियो ।

कार्यक्रममा जनप्रिय भूपूविद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्याक सुट सेट वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ६५ सेट ट्याक सुट सेट वितरण गर्नुका साथै स्टेस्नरी बैंकको स्थापना गरिएको मञ्चका अध्यक्ष विनुप्रसाद पराजुलीले बताउनुभयो । विद्यालयको शैक्षिक एवं विविध कार्यमा सहयोग पुर्याउने उद्देश्यले २०७१ सालमा यश विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा क्रियासिल विद्यार्थीहरुको पहलमा सो मञ्चको स्थापना गरिएको थियो ।
मञ्चले यश अघि विद्यालयमा पुस्तकालयको स्थापना गरिसकेको छ भने मञ्चमा अहिले सम्म ८३ जना आजीवन सदस्य रहेकाछन् ।

देश, विदेशमा रहनुभएका भूपूविद्यार्थीहरुको आर्थिक सहयोगमा ट्याक सुट सेट वितरण गरिएको हो । भूपूविद्यार्थी मञ्चले स्थापना गरेको स्टेस्नरी बैंकको लागि नगरउपप्रमुख कविता तिवारीले रु ५१ हजार सहयोग गर्ने घोषण गर्नुभएको छ । मञ्चले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले स्टेस्नरी बैंकको स्थापना गरिएको हो । सो बैंकमा कपि, कलमका साथै शैक्षिक सामग्रीहरु सहयोग गर्न सकिनेछ भने संकलित सामग्रीहरु विद्यार्थीलाई वितरण गरिनेछ ।

ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















