रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन

काठमाडौं,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो ।
लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको भन्दै सर्वोच्च अदालतले गरेको फैसला अनुसार उहाँको सांसद, उपप्रधान तथा गृहमन्त्रीसँगै पार्टी सभापति पद गुमेको थियो ।
आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः पार्टी सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकमा लामिछाने आमन्त्रित सदस्यको रुपमा उपस्थित हुनुभएको थियो । सोही बैठकबाट केन्द्रीय सदस्य चयन हुनुभएको हो । त्यस लगत्तै बसेको दोस्रो बैठकबाट पार्टी सभापति चयन गर्ने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

प्रवक्ता ढकालले भन्नुभयो, ‘‘पार्टीको सदस्यता प्राप्ती गर्ने प्रक्रिया पूरा गर्नुभयो । त्यसपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सभापतिमा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्यो । योसँगै पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ । यो सर्वसम्मत निर्णय हो ।’’
नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गरेपछि गत शुक्रबार उहाँको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको थियो । केन्द्रीय समिति बैठकले सबै प्रक्रिया पूरा गरेर उहाँलाई सभापतिमा सर्वसम्मतिले चयन गरेको प्रवक्ता ढकालको भनाइ छ ।
सभापति चयन भए लगत्तै लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा सङ्गठन विस्तार गर्ने गर्ने गरेको छ ।
ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार