रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन

काठमाडौं,१५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो । 

लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको भन्दै सर्वोच्च अदालतले गरेको फैसला अनुसार उहाँको सांसद, उपप्रधान तथा गृहमन्त्रीसँगै पार्टी सभापति पद गुमेको थियो ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः पार्टी सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो । काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकमा लामिछाने आमन्त्रित सदस्यको रुपमा उपस्थित हुनुभएको थियो । सोही बैठकबाट केन्द्रीय सदस्य चयन हुनुभएको हो । त्यस लगत्तै बसेको दोस्रो बैठकबाट पार्टी सभापति चयन गर्ने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । 

प्रवक्ता ढकालले भन्नुभयो, ‘‘पार्टीको सदस्यता प्राप्ती गर्ने प्रक्रिया पूरा गर्नुभयो । त्यसपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सभापतिमा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्‍यो । योसँगै पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ । यो सर्वसम्मत निर्णय हो ।’’ 

नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गरेपछि गत शुक्रबार उहाँको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको थियो । केन्द्रीय समिति बैठकले सबै प्रक्रिया पूरा गरेर उहाँलाई सभापतिमा सर्वसम्मतिले चयन गरेको प्रवक्ता ढकालको भनाइ छ ।

सभापति चयन भए लगत्तै लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा सङ्गठन विस्तार गर्ने गर्ने गरेको छ ।

ताजा

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal