आयोजक निलो र एभिनिर फुटवल क्लव फाइनलमा भिड्ने

वालिङ,५ माघ-स्याङ्जाको वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता अन्तर्गत एभिनिर फुटवल क्लव क्यामरुन फाइनलमा पुगेको छ । विहिबार भएको सेमिफाइनल खेलबाट एभिनिर फुटवल क्लव क्यामरुन फाइनलमा पुगेको हो । एभिनिरले आयोजक रातोलाई शुन्यका विरुद्ध दुई गोल गर्दै फाइनलकोे यात्रा तय गरेको हो ।

खेल सुरु भएको एक मिनेटमा एभिनिरका आनिसेले गोल गर्ने मौका पाएका थिए । आनिसेको फ्रिकिक प्रहार गोलपोष्टको पिलरमा लागेर फर्केको थियो । एभिनिरले सुरुदेखि नै आयोजक रातोलाई दवावमा पारेपनि पहिलो हाफ गोल रहित सकियो । आयोजक रातोको डिफेन्स र गोलकिपरको कुशलताले पहिलो हाफमा कुनैपनि गोल हुन सकेन । आयोजक रातोलाई कम्जोर ठानेको एभिनिरले ८४ औं मिनेटसम्म गोल गर्न सकेन ।

सजिलै जीत निकाल्ने दाउमा रहेको एभिनिरका लागि ८५ औं मिनेटमा आएर टिम्वा टिम्वाले गोल गर्न सफल भए । खेलको ९० मिनेटपछि ८ मिनेड थप गरियो । यसपछिको ५ मिनेटमा एभिनिरका सावाले गोललाई दोव्वर पारे । यो गोलसँगै एभिनिरले आयाृेजक रातोलाई शुन्यका विरुद्ध दुई गोल गरी फाइनलमा पुगेको हो । अब एभिनिरले आयोजक निलोसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

आजको सेमिफाइनल खेलमा एभिनिरका सावा म्यान अफ द म्याच घोषित भए । पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal