आयोजक निलो र एभिनिर फुटवल क्लव फाइनलमा भिड्ने

वालिङ,५ माघ-स्याङ्जाको वालिङमा जारी पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता अन्तर्गत एभिनिर फुटवल क्लव क्यामरुन फाइनलमा पुगेको छ । विहिबार भएको सेमिफाइनल खेलबाट एभिनिर फुटवल क्लव क्यामरुन फाइनलमा पुगेको हो । एभिनिरले आयोजक रातोलाई शुन्यका विरुद्ध दुई गोल गर्दै फाइनलकोे यात्रा तय गरेको हो ।

खेल सुरु भएको एक मिनेटमा एभिनिरका आनिसेले गोल गर्ने मौका पाएका थिए । आनिसेको फ्रिकिक प्रहार गोलपोष्टको पिलरमा लागेर फर्केको थियो । एभिनिरले सुरुदेखि नै आयोजक रातोलाई दवावमा पारेपनि पहिलो हाफ गोल रहित सकियो । आयोजक रातोको डिफेन्स र गोलकिपरको कुशलताले पहिलो हाफमा कुनैपनि गोल हुन सकेन । आयोजक रातोलाई कम्जोर ठानेको एभिनिरले ८४ औं मिनेटसम्म गोल गर्न सकेन ।

सजिलै जीत निकाल्ने दाउमा रहेको एभिनिरका लागि ८५ औं मिनेटमा आएर टिम्वा टिम्वाले गोल गर्न सफल भए । खेलको ९० मिनेटपछि ८ मिनेड थप गरियो । यसपछिको ५ मिनेटमा एभिनिरका सावाले गोललाई दोव्वर पारे । यो गोलसँगै एभिनिरले आयाृेजक रातोलाई शुन्यका विरुद्ध दुई गोल गरी फाइनलमा पुगेको हो । अब एभिनिरले आयोजक निलोसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

आजको सेमिफाइनल खेलमा एभिनिरका सावा म्यान अफ द म्याच घोषित भए । पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ताजा

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal