विभागीय टीम एपिएफलाई पराजित गरेसँगै आयोजक निलो फाइनल प्रवेश

वालिङ,५ माघ- वालिङमा पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता चलिरहेको छ । पुस ३० गतेदेखि वालिङ युनाइटेड क्लवले पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता सञ्चालन गरेको हो ।

बुधबार भएको सेमिफाइनल खेलमा विभागीय टीम शसस्त्र प्रहरी बल एपिएफ क्लवलाई हराउँदै आयोजक निलो फाइनलमा प्रवेश गरेको छ । आयोजक निलोले एपिएफलाई शुन्यका विरुद्ध एक गोल गर्दै फाइनलमा पुगेको हो ।

खेल सुरु भएको ६ मिनेटमा मैदानको बायाँ तिरको कर्नर साइडबाट क्षितीजराज जिटीको पासलाई विदेशी खेलाडी अजय मार्टिनले गोलमा परिणत गरे । अजय मार्टिनले गरेको गोल नै आयोजक निलोका लागि निणर्ायक बन्यो । यसपछि एपिएफले खेललाई थप शसक्त पारेपनि आयोजक निलोले दवावमै पारिरह्यो । ३७ औं मिनेटमा टीकराज गुरुङको प्रहार एपिएफका गोलकिपर अञ्जल श्रेष्ठले कुशलता पूर्वक बचाए । एपिएफले खेल अवधीभर गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफको ३४ औं मिनेटमा आयोजक निलोका विश्वास श्रेष्ठको गोल थप्ने प्रयास गोलपोष्ट नाघेर बाहिरियो । ३७ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिक मार्पmत गरेको प्रहारलाई एपिएफका किपरले जाली चुम्नबाट बचाए । गोलको वर्षा गराउनेगरी शसक्तरुपमा खेलेको आयोजक निलो गोल थप्न भने सकेन । यस्तै सेमिफाइनल खेलको म्यान अफ द म्याच आयोजक निलोका विश्वास श्रेष्ठ भए ।

सेमिफाइनलको अर्को खेल ५ गते विहिबार आयोजक रातो र एभिनिर युथ क्लव क्यामरुनकाबीच हुनेछ । प्यारापिटको व्यवस्था गरिएको हुँदा र राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आफ्नै खेलमैदानमा हेर्न पाइने भएपछि वालिङ आसपासका दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ ।
सेमिफाइनलदेखि टीकटको मूल्य थप गर्ने भनिए पनि पहिलो कार्यक्रम भएकाले फाइनलसम्म नै एक सय रुपैँयाबाट नबढाइने आयोजक क्लवका अध्यक्ष लालबहादुर ज्वारचनले जानकारी गराउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal