विभागीय टीम एपिएफलाई पराजित गरेसँगै आयोजक निलो फाइनल प्रवेश

वालिङ,५ माघ- वालिङमा पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता चलिरहेको छ । पुस ३० गतेदेखि वालिङ युनाइटेड क्लवले पहिलो वालिङ गोल्डकप राष्ट्रिय फुटवल प्रतियोगिता सञ्चालन गरेको हो ।

बुधबार भएको सेमिफाइनल खेलमा विभागीय टीम शसस्त्र प्रहरी बल एपिएफ क्लवलाई हराउँदै आयोजक निलो फाइनलमा प्रवेश गरेको छ । आयोजक निलोले एपिएफलाई शुन्यका विरुद्ध एक गोल गर्दै फाइनलमा पुगेको हो ।

खेल सुरु भएको ६ मिनेटमा मैदानको बायाँ तिरको कर्नर साइडबाट क्षितीजराज जिटीको पासलाई विदेशी खेलाडी अजय मार्टिनले गोलमा परिणत गरे । अजय मार्टिनले गरेको गोल नै आयोजक निलोका लागि निणर्ायक बन्यो । यसपछि एपिएफले खेललाई थप शसक्त पारेपनि आयोजक निलोले दवावमै पारिरह्यो । ३७ औं मिनेटमा टीकराज गुरुङको प्रहार एपिएफका गोलकिपर अञ्जल श्रेष्ठले कुशलता पूर्वक बचाए । एपिएफले खेल अवधीभर गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेन ।

दोस्रो हाफको ३४ औं मिनेटमा आयोजक निलोका विश्वास श्रेष्ठको गोल थप्ने प्रयास गोलपोष्ट नाघेर बाहिरियो । ३७ औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिक मार्पmत गरेको प्रहारलाई एपिएफका किपरले जाली चुम्नबाट बचाए । गोलको वर्षा गराउनेगरी शसक्तरुपमा खेलेको आयोजक निलो गोल थप्न भने सकेन । यस्तै सेमिफाइनल खेलको म्यान अफ द म्याच आयोजक निलोका विश्वास श्रेष्ठ भए ।

सेमिफाइनलको अर्को खेल ५ गते विहिबार आयोजक रातो र एभिनिर युथ क्लव क्यामरुनकाबीच हुनेछ । प्यारापिटको व्यवस्था गरिएको हुँदा र राष्ट्रियस्तरको फुटवल प्रतियोगिता आफ्नै खेलमैदानमा हेर्न पाइने भएपछि वालिङ आसपासका दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको छ ।
सेमिफाइनलदेखि टीकटको मूल्य थप गर्ने भनिए पनि पहिलो कार्यक्रम भएकाले फाइनलसम्म नै एक सय रुपैँयाबाट नबढाइने आयोजक क्लवका अध्यक्ष लालबहादुर ज्वारचनले जानकारी गराउनुभयो ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal