जलवायु परिवर्तनको असर: नाङ्गिँदै हिमाल, बेमौसमा जङ्गली फलफूल

ध्रुवसागर शर्मा

गलेश्वर ४ माघ– हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर देखिन थालेको छ । धवलागिरि, नीलगिरिलगायतका हिमालमा हिउँको मात्रा घट्दै जाँदा सेता हिमाल पहाडजस्ता देखिन थालेका छन् भने जङ्गली फलफूलहरू बेमौसममा नै फल्न र फूल्न थालेका छन् ।

हिमालमा मात्रै होइन जलवायु परिवर्तनको असर जङ्गलमा समेत देखिन थालेको छ । म्याग्दीका लेकाली क्षेत्रमा चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँस माघमा फुल्न थालेका छन् भने चुत्रो, काफल, तिजुजस्ता फलफूल फल्न थालेका धवलागिरि गाउँपालिका–१ गुर्जाका जसवीर विकले बताउनुभयो ।

म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको मुदीका टेकबहादुर तिलिजाले जानकारी दिनुभयो ।

“पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमाल नाङ्गिएको देखिन्छ”, तिलिजाले भन्नुभयोे ।

तिलिजाले अस्वाभाविकरूपमा तापक्रम बढ्ने भएका कारण हिउँ पग्लिने क्रम बढेको अनुभव सुनाउनुभयो । स्थानीयवासीका अनुसार पछिल्लो समय जाडो समयमा समेत पर्याप्त हिउँ नपर्ने समस्या देखिएको छ ।

पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । हिउँ पर्याप्त नपर्ने र हिमालमा भएको हिउँसमेत पग्लिएर जाँदा हिमालमा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुने खतरा बढेको पर्यटन व्यवसायी एक्कल रावलले बताउनुभयो ।

धवलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि नै सुरु हुने वर्षौदेखि हिउँ जमेर बनेको हिमतालसमेत बर्सेनि पग्लिएर जानेक्रम बढेसँगै यस्ता तालको सतहसमेत घट्दै गएको पाइएको छ । विगत छ÷सात वर्षकै अवधिमा त्यस क्षेत्रमा हिउँ जमेर बनेको हिमताल अत्यधिक पग्लिएर बग्नेक्रमले करिब पाँच मिटरभन्दा बढी जमिनको सतह तल झरेको पाइएको पर्यटन व्यवसायी रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार पहिले जापानी शिविरदेखि केही तलको भूभागमा पनि प्रशस्तमात्रामा वर्षौंदेखि हिउँ जमेर बनेको हिमताल रहे पनि अहिले ती सबै पग्लिसकेका छन् । धवलागिरि मात्रै होइन जिल्लाको गुर्जामा रहेको गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् ।

याममा समेत कममात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिएर बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । हिमालमा हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको छन्त्यालको भनाइ छ ।

हिउँ पर्नेक्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बासमेत पाइन छाडेको छन्त्यालले बताउनुभयो । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको छ ।

पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरे पनि पछिल्लो समय विभिन्न प्रजातिका किराको सङ्क्रमणले आलु, जौलगायतका खाद्यबाली उत्पादनमा कमी आउन थालेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् । जलवायु परिवर्तनले पछिल्लो समय हिमाली क्षेत्रमा ठूलै समस्या देखाएको वातावरण संरक्षणकर्मी एवं वन र वातावरणका जानकार वन डिभिजन कार्यालय म्याग्दीका चन्द्रमणि सापकोटाले बताउनुभयो ।रासस

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal