गण्डकी प्रदेश सभा सदस्य पौडेलद्वारा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन

स्याङ्जा,४ माघ– आँधीखोला गाउँपालिका वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भवनको एक समारोहका बीच गण्डकी प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुधिर कुमार पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । पौडेलले भन्नुभयो,“जनप्रतिनिधि केही समयका लागि हुन् ।व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो ।”

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार,लगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे जानकारी दिनुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी लगायतले बोल्नुभएको थियो ।

वडा कार्यालय भवन निर्माणका लागि रु १ करोड ८८ लाखको लागत अनुमान गरी टेन्डर गरिएकोमा ठेक्का घटेर रु १ करोड ३९ लाख १२ हजार १ सय ३१ रुपैयाँमा श्री विवेक एण्ड कुवेर, श्री विद्यामोहन जे.भी स्याङ्जाले निर्माण कार्यको जिम्मा पाएको थियो ।
२०७८ साल साउन ४ गते सम्झौता भई २०७९ कात्तिक १३ गते सम्पन्न भएको वडा कार्यालय भवनमा ५ ओटा कोठा सहित एउटा सभाहल रहेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।
ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















