पत्रकार महासंघ स्याङ्जाको १३ औँ साधारणसभा सम्पन्न
वालिङ,२ पुस– नेपाल पत्रकार महासंघ स्याङ्जाको १३औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार वालिङमा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले निष्पक्ष पत्रकारितामा जोड दिनुभयो । राज्यको चौथो अंग पत्रकारिता जगतले समाजलाई सहि मार्गनिर्देश गर्नुपर्ने व्यक्तिगत चरित्रमाथि आँच आउने किसिमका सामग्रीहरु प्रसारण तथा प्रकाशन गर्न नहुँने बताउनुभयो ।

प्रमुख जिटीले पत्रकार महासंघ स्याङ्जाको भवन निर्माणका साथै पत्रकारिता संग सम्बन्धित अन्य विकासका लागि समन्वयले सबै तहसंग समन्वय गरेर अगाडि बढ्ने समेत बताउनुभयो । पत्रकारहरुको एउटा कलमको महत्व धेरै रहेको भन्दै हजारौँ भौतिक शक्ति भन्दा एउटा कलमको शक्ति बढि हुने बताउनुभयो ।

कार्यक्रममा कालीगण्डकी गाउँपालिका अध्यक्ष एवं गाउँपालिका महासंघका महासचिव खिम बहादुर थापाले पत्रकार महासंघलाई साझा संस्थाको रुपमा विकास गर्दै व्यावसायिक पत्रकारितामा लाग्न आग्रह गर्नुभयो । पत्रकारिताको विकासका साथै पत्रकार महासंघको संस्थागत विकासका लागि पालिकाले सहयोग गर्ने बताउनुभयो । गाउँपालिका महासंघका केन्द्रिय महासचिव समेत रहनुभएका थापाले इतिहासबाट शिक्षा लिएर योजना बनाउनुपर्ने बताउदै हरेक हिसाबले अब्बल स्याङ्जा पत्रकारितामा समेत नमुना बन्नुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजिव बस्नेत, नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, माओवादी जिल्ला संयोजक प्रकाश न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला, प्रेस चौतारी स्याङ्जाका उपाध्यक्ष मणिप्रसाद अर्याल, रेडियो आँधीखोला एफएमका अध्यक्ष नेत्रप्रसाद पाण्डेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष भवानी अधिकारी र संचालन सचिव प्रतिक्षा काफ्लेले गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















