माटोको नमुना संकलन गर्न अभिमुखीकरण कार्यक्रम

वालिङ,१२ मङ्सिर– माटोको नमुना संकलन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम यूएनडिपिको आर्थिक तथा प्रावधिक सहयोग र सूर्योदय क्लबको स्याङ्जाको व्यस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड ( १९ प्रतिकार्य पहल परियोजना अन्र्तगत माटो परिक्षणको लागि नमुना संकलन अभिमुखीकरण कार्यक्रम नगरपालिकाको वडा नम्बर १,४,५र ९ नम्बर वडाका ८६ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षणका प्राविधिक सहायक नविन केसी,कमला जैसी, श्रुती श्रेष्ठ र सुवास ढकालले माटोको परिक्षणका लागि नमुना संकलन गर्ने विधिका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका बारेमा जानकारी गराउनुभएको थियो ।

माटोको उर्वराशक्ति कायम राखी उत्पादनलाई बढाउन समय समयमा आफ्नो खेतीबारीको माटो परिक्षण गराई माटोको अम्लिय पना तथा उर्वराशक्ति बारे जानकारी राखी माटो ब्यवस्थापन कार्य गर्नु बताइएको थियो ।

माटोमा भएको खाध्यतत्वको अवस्था पत्ता लगाउने,माटोको भौतिक बनोट बारे जानकारी लिने,माटोमा भएको अन्य समस्या पत्ता लगाउने,कुनै बालीका लागि प्रयोग गरिने मलको मात्र बारे जनकारी लिने उद्देश्यले माटो परिक्षण गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माटोको परिक्षण कार्य सम्पनन भएपछि परिक्षणको रिपोटका आधारमा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु निःशुल्क वितरण गरिने समेत क्लबले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal