माटोको नमुना संकलन गर्न अभिमुखीकरण कार्यक्रम
वालिङ,१२ मङ्सिर– माटोको नमुना संकलन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम यूएनडिपिको आर्थिक तथा प्रावधिक सहयोग र सूर्योदय क्लबको स्याङ्जाको व्यस्थापनमा संचालित हरित पुनरुत्थान तथा कोभिड ( १९ प्रतिकार्य पहल परियोजना अन्र्तगत माटो परिक्षणको लागि नमुना संकलन अभिमुखीकरण कार्यक्रम नगरपालिकाको वडा नम्बर १,४,५र ९ नम्बर वडाका ८६ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षणका प्राविधिक सहायक नविन केसी,कमला जैसी, श्रुती श्रेष्ठ र सुवास ढकालले माटोको परिक्षणका लागि नमुना संकलन गर्ने विधिका बारेमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानका बारेमा जानकारी गराउनुभएको थियो ।
माटोको उर्वराशक्ति कायम राखी उत्पादनलाई बढाउन समय समयमा आफ्नो खेतीबारीको माटो परिक्षण गराई माटोको अम्लिय पना तथा उर्वराशक्ति बारे जानकारी राखी माटो ब्यवस्थापन कार्य गर्नु बताइएको थियो ।
माटोमा भएको खाध्यतत्वको अवस्था पत्ता लगाउने,माटोको भौतिक बनोट बारे जानकारी लिने,माटोमा भएको अन्य समस्या पत्ता लगाउने,कुनै बालीका लागि प्रयोग गरिने मलको मात्र बारे जनकारी लिने उद्देश्यले माटो परिक्षण गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
माटोको परिक्षण कार्य सम्पनन भएपछि परिक्षणको रिपोटका आधारमा उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु निःशुल्क वितरण गरिने समेत क्लबले जनाएको छ ।
ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















