जनतासंग प्रत्यक्ष जोडिएको योजनालाई प्राथामिकता दिन्छु ः अर्याल


वालिङ,२६ कात्तिक– स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभासदस्यकी उम्मेद्वार पद्मा अर्यालले जनतासंग प्रत्यक्ष जोडिएका योजनालाई प्राथामिकता दिने बताउनुभएको छ ।

नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा पूर्व मन्त्री समेत रहनुभएकी अर्यालले शनिबार वालिङ नगरपालिका स्थित वडा नम्बर १ र ११ मा मतदाता एवं घरदैलो कार्यक्रममा बोल्दै अर्यालले हिजो मन्त्रालयमा हुँदा पनि नागरिकसंग प्रत्यक्ष जोडिएको खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधार विकास, युवा स्वोरोजगार, कृषिलगायतलाई प्राथामिकता दिएको स्मरण गर्दै त्यस्ता योजनाहरुलाई दिर्घकालिन बनाउनका लागि यसपटक पनि फेरि एमालेको सरकार आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्याङ्जाका विभिन्न स्थानहरुमा नागरिकसंग जोडिएका योजनाहरु हिजो पनि ल्याएको हुँ । ति योजनालाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नागरिकले चाहानुभएका काम र योजनाहरु, अधुरा कार्यहरुलाई पुरा गर्न फेरि पनि यहाँहरुको साथ र सहयोग आवश्यक छ ।” नागरिकले महशुस गर्ने खालका योजनाहरु आगामी दिनमा पनि निरन्तरता दिने भन्दै जिल्लाको विकासका लागि छुट्याईएका बजेट गठबन्धनको सरकार आएपछि कटौती गरिदिएको भन्दै विकास र समृद्धिका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई अर्यालले आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभासदस्य क का उम्मेद्वार मोहन रेग्मी, समानुपातिक उम्मेद्वार हुमबहादुर गुरुङ लगायतले एमालेका उम्मेद्वाहरुको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal