विजयादशमीको शुभकामना


सम्पादकीय

नेपालीहरुको महान चाड दसैँ आम नेपालीहरुले उत्साहाका साथै मनाइरहेकाछन् । उराठ बनेका गाउँबस्ती यतिबेला उत्साहले धपक्कै बलेकाछन् भने सबैमा खुसियाली छाएकोछ ।

२०७९ सालको दसैँ मनाउन देशविदेशबाट आ–आफ्नो जन्म थलोमा पुगेर एक आपसमा खुसी साटासाट गर्नुका साथै कर्मथलो र जन्म थलोका विच सामिप्यता गास्नुका साथै एक आपसमा आत्मियता साटासाट गर्ने कार्यले पनि अहिलको नयाँ पुस्तालाई आफ्नो परम्परा र रीतिरिवाजका बारेमा जन्ने अवसर यस पर्वले सिर्जना गरेकोछ । आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दसैँको रौनकलाई झनै बढाएको छ।

हिन्दुधर्मालम्बीहरुको महान चाडकारुपमा लिइने यस पर्वलाई हरेक नेपालीले निकै महत्वका साथै मनाउने गर्दछन् । धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा लिइने यस पर्वलाई असत्यमाथि सत्यले विजया प्राप्त गरेको धार्मिक तथा पौराणिक मान्यता रही आएको छ ।

दसैँमा विभिन्न शक्तिपिठहरुमा देवीको पूजाँ आराधना गर्नुका साथै नवरात्रिका नौ दिन सम्म दुर्गा भगवतीको पूजाआराधना गरिन्छ । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा गरिसकेपछि दसौँ दिनको दिन (विजयादशमी) विजयोत्सवका रूपमा मनाउनुका साथै आफुभन्दा ठुला मान्यजनहरुबाट रातो टीका र जमरा लगाउनुका सार्थ आशीवाद लिने चलन छ । विजयादशमीले सबैमा सुखशान्ति समृद्धिका सार्थ उत्तरउत्तोर प्रगती होस् । विजया दशमीको शुभकामना ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal