दसैँलाई सहकारीका खसीबोका

तारानाथ आचार्य

बलेवा,१४ असोज– सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी (च्याङ्ग्रा) किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ ।

मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने साइनो राख्दैनन् ।

बागलुङका ग्रामीण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक समूह आफैँले खसीबोका उत्पादन गर्छन् । समूह र सहकारीका सदस्यलाई चाहिने खसीबोका राखेर बाँकी बिक्री गर्छन् र दसैँ खर्च चलाउँछन् । दसैँलाई लक्षित गरेर समूह तथा सहकारीहरूले स्थानीय जातको बसीबोका खरिद–बिक्री सुरु गरेका छन् ।

चाडपर्वमा हुने मासुको खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आवद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण थालेका हुन् ।

पशुवस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजनाअन्तर्गत गठन भएका सहकारीहरूले हरेक वर्ष दसैँ र तिहारलाई लक्षित गरी स्थानीय जातका खसीबोका खरिद बिक्री गर्दै आएको परियोजनाको बजार सहजकर्ता रीतादेवी शर्माले जानकारी दिनुभयो ।

यो वर्ष बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको वसन्त सामाजिक उद्यमी महिला सहकारीले छ सय पाँच, वसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका–३ को रुद्रताल सहकारीले सात सय २५, भाग्यदय सहकारीले चार सय ७५, पर्वतको फलेवास नगरपालिका–१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले सात सय ५०, महाशिला गाउँपालिका–६ को सक्रिय सामाजिक महिला उद्यमी सहकारीले सात सय १० खसीबोका बिक्री गर्ने लक्ष्य छ ।

पर्वतको महाशिला गाउँपालिका–८ को पैयुकोट सामाजिक उद्यमी महिला सहकारीले आठ सय ८०, फलेवास नगरपालिका–८ को ठानामौला सामाजिक महिला उद्यमी सहकारीले तीन सय ९०, बरपाण्डेथुम सहकारी संस्था कास्कीले तीन सय ५५, मिजुरे सहकारी संस्था कास्कीले आठ सय ४५ वटा खसीबोका बिक्री गर्ने योजना छ ।

“सेयर सदस्यसँग खसीबोका सङ्कलन गरेर बजार पठाउन थालेका छौँ” वसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भन्नुभयो, “दसैँको दुई दिनमा ३३५ वटा विक्री गरेका छौँ ।” सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन ।

कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत बिक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन् । “हामीलाई बजारको चिन्ता छैन”, कृषक तंग्रामकी मनकुमारी पुनले भन्नुभयो, “जति भए पनि सहकारीले खरिद गरेर बिक्री गरिदिन्छ ।”

चाडपर्वमा मात्रै होइन अन्य समयमा समेत यहाँका किसानले राम्रो खसीबोका उत्पादन गर्ने गरेका छन् । हिमाली च्याङ्ग्राको मूल्यवृद्धिका कारण स्थानीय जातका खसीबोकाको माग अत्यधिक बढेको किसानहरू बताउँछन् ।

उत्पादन लागत र बजार मूल्यको हिसाब गर्दा हुने मुनाफाबाट किसान सन्तुष्ट छन् । “पहिले बजार खोज्दै जानुपथ्र्यो, अहिले ग्राहक घर–घरमा आउन थालेका छन्”, विकले भन्नुभयो, “हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ ।”

सहकारीले आफ्ना सदस्यसँग २५ किलोसम्मको खसी रु पाँच सय १० मा खरिद गरी श्र पाँच सय २० मा र २५ किलोमाथिका खसीकोका प्रतिकेजी रु पाँच सय ५० मा खरिद गरी रु पाँच सय ६० मा बिक्री गर्दै आएका छन् ।

गैरसरकारी संस्था विवाइसी बागलुङले स्थानीय व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेशनलको साना किसान सवलीकरण परियोजनाअन्तर्गत गठित तीन जिल्लाका सहकारीमा छ हजार दुई सय ७८ जना सेयर सदस्य आबद्ध छन् ।रासस

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal