स्याङ्जामा पुस्तकालय दिवश मनाइयो

स्याङ्जा,१६ भदौ– स्याङ्जामा पुस्तकालय दिवश मनाइएको छ । “पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने नाराका साथ १५ औँ पुस्तकालय दिवस जिल्लाका विभिन्न विद्यालयमा र भीरकोट नगरपालिकामा सबै कुरा छोडौँ पुस्तक पढौ कार्यक्रम गरेर मनाइएको छ ।

पुस्तकालयको माध्यमबाट पनि नानिबाबुको पठन सीप र पढ्ने बानीको विकास हुन्छ भन्ने उदेश्यका साथ राखिएको सो कार्यक्रमा सबैलाई एक एक थान पुस्तक उपलब्ध गराउनुका साथै पढ्ने समय समेत उपलब्ध गराइएको थियो । कार्यक्रममा पुस्तकको समिक्षा सुनाइएको थियो ।

कार्यक्रम स्याङ्जा जिल्लाका साक्षरता कार्यक्रम लागु भएका विद्यालयहरुमा र भीरकोट नगरपालिकामा मनाइएको थियो । रुम टु रिडले स्याङ्जा जिल्लाका ५ पालिका संग लागत साझेदारीमा ४४ विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।

जिल्लामा सूर्योदय क्लबले कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ । साक्षरता कार्यक्रममा कक्षा १ र २ मा नेपाली पठन सीप विकासको लागि बिभिन्न प्रकारका तालिम लगायतका कार्यक्रहरु सञ्चालन गर्नुका साथै पुस्तकालय मार्फत पढ्ने वानीको प्रवर्धन गरिन्छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal