माल पाएर पनि चाल नपाएको वालिङ


गोपाल जिटी
वालिङ,१२ भदौ– एक वडा एक खेल मैदानको नारा दिंदै आएको स्याङ्जाको वालिङ नगरपालिकाले भएको एउटा खेल मैदानलाई पनि व्यवस्थित गर्न सकेको छैन ।

वालिङ ८ मा रहेको मालेबगर खेलमैदानलाई खेलाडीले चिने पनि नेतृत्वले चिन्न नसक्दा व्यवस्थित हुन नसकेको हो । जिल्लाकै मध्य भागमा रहेको यो खेल मैदानलाई व्यवस्थित गर्न सके वालिङलाई जिल्लाको व्यापारीक केन्द्रका रुपमा मात्रै नभएर खेल क्षेत्रको रुपमा समेत विकास गर्न सकिने देखिन्छ । तर यस क्षेत्रका राजनीतिक दलका नेताहरुले यस विषयमा खासै चासो नदिना यो मैदान अहिले माल पाएर पनि चाल नपाएको भने जस्तै भएको छ ।

स्थानीय नेतृत्वले चासो नदिएकै कारण खेलमैदान व्यवस्थित हुन नसकेको एन्फा स्याङ्जाका प्रशिक्षक दिलीप थापाले बताउनुभयो । वालिङखेलमैदान यस क्षेत्रका मात्र नभएर समग्र जिल्लाकै खेलप्रेमीहरुको भरोसाको केन्द्र हो । यो खेलमैदान निर्माणका लागि नेतृत्वमा रहेका व्यक्ति र सम्बन्धित निकायले ध्यान नदिइनुले समस्या भएको प्रशिक्षक थापाको भनाई छ ।

किशोर किशोरीहरु दैनिकजसो धुलोमाटोसँग फुटबल अभ्यास गरिरहेका हुन्छन् । प्रशिक्षकले पनि त्यही धुलो र बालौटोमै उनिहरुलाई तालीम गराउन वाद्य छन् । असहजका वावजुद पनि यहाँका धेरैजना फुटबल खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल छन् । नेपाली फुटबलका विभिन्न उमेर समूहदेखि सिनियर टीममा वालिङ क्षेत्रका खेलाडी छनौटमा पर्ने गरेका छन् । यसको श्रेय यही खेलमैदानलाई जानेमा दुइमत छैन ।


यी हुन् वालिङ खेलमैदानले उत्पादन गरेका गर्व गर्न लायक फुटबल खेलाडीः

यी हुन् वालिङ खेलमैदानले उत्पादन गरेका गर्व गर्न लायक फुटबल खेलाडीः
नेपालका सिनियर टीममा पुरुष तर्फः सुवास गुरुङ र राजन गुरुङ ( गौरव )
महिला तर्फः सजिना राना मगर (क्याप्टेन)
यसैगरी विभिन्न उमेर समूहका खेलाडीहरुः
गोपाल थापा, लक्ष्मण रुचाल, सुरज हमाल, विश्वास श्रेष्ठ, सोम बहादुर मल्ल (राष्ट्रिय टीम), क्षितीजराज जिटी, टीकाराज गुरुङ, विशाल विक र स्वर्गीय सागर परियार
महिला तर्फः
रिना वानु,अस्मिता रनपाल, सुष्मा जिटी, पुष्पा गुरुङ,सरु हमाल, मनमायाँ दमई, सरिष्मा थापा, सावित्री किसान र सरस्वती हमाल (रेनुका)

ए डिभिजन लिगका व्यावसायिक खेलाडीहरुमाः
राजाबाबु थापा, अजय विक, कृष्ण कुँवर, सञ्जु राना, विश्व थापा र सितल शाही
खेलमैदानको राम्रो व्यवस्थापन हुन सके यस्ता धेरै खेलाडी उत्पादन हुनुका साथै राष्ट्रका नाममा थप योगदान दिन सफल हुने प्रशिक्षक थापाको विश्वास छ ।
यदि अन्य ठाउँमा झैं यहाँ पनि राम्रो मैदानमा तालीम गराउन पाउने हो भने हाम्रा अधिकांश खेलाडीहरु सिनियर टीमको नेतृत्वमा पुग्नसक्ने उहाँको दावी छ ।
खेलप्रेमी युवाहरुको समस्या बुझिदिन नेतृत्वमा रहेका व्यक्ति र सम्बन्धित निकायलाई प्रशिक्षक थापाको आग्रह छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal