पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र
पर्वत,११ भदौ– जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् ।
दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती बन्द भएका हुन् ।
पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको छ ।
दक्षिण पर्वतको सरौखोलाको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे ७ किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङ गाविसमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् पूर्ण रुपमा बन्द छन् । बाच्छा गाविसको बाच्छाखोलाका १९ र २१ किलोवाटको बाच्छाखोला लघु जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुन छाडेको छ ।
पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्गलेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना दुई वर्षअघि आएको पहिराले पुरिएपछि अलपत्र बनेको छ । उता महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना दुई वर्षअघि गाउँमा केन्द्रीय प्रशारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएको छ । मर्मतको अभाव र कम क्षमता हुने भए पनि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् ।
तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेट अभाव भएको बताउनुभयो । उहाँले मर्मत गरेपछि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले यसमा बेवास्ता गरेका हुन् ।
शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताउनुभयो ।
पछिल्लो समय स्थानीय तहले उक्त लघुविद्युत् मर्मत गर्न बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताउनुभयो ।
जिल्लाका ११ लघु जलविद्युत् आयोजनाबाट एक सय ५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार चार सय तीन घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका छन् ।
“२५ वाट क्षमताको बल्ब महिनाभर चलाएको रु २५ तिरे पुग्थ्यो”, तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भन्नुभयो, “केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।”
युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा विसं २०५५ देखि सञ्चालनमा रहेका यि आयोजना अहिले भग्वानशेष बनेका छन् । ११ आयोजनाको लागि रु दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारणको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् ।
ताजा
नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई
२०८२ फाल्गुन २ गते, शनिबार
नेल्टाद्वारा आयाेजित हिज्जे रनिङ शिल्डको उपाधि त्रिभुवन आदर्श माविलाई
२०८२ फाल्गुन २ गते, शनिबार
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
२०८२ फाल्गुन १ गते, शुक्रबार
एकासी अर्ब घनमिटर ग्यास भण्डारण पुष्टि
२०८२ फाल्गुन १ गते, शुक्रबार
वालिङमा सिप प्रमाणीकरणः ३९ जनाले पाए सिटीभिटी लेभल–२ प्रमाण पत्र
२०८२ फाल्गुन १ गते, शुक्रबार
पूर्ण शिक्षाको जिम्मा निजी विद्यालयले लिन तयार हुनुपर्ने–अध्यक्ष अधिकारी
२०८२ फाल्गुन १ गते, शुक्रबार
कार्य सम्पादन मूल्याङ्कनमा गण्डकी प्रदेशमा पहिलो बन्याे कालीगण्डकी गाउँपालिका
२०८२ फाल्गुन १ गते, शुक्रबार
स्थायी सरकार दिनुस, काम गर्न नसके घण्टीले बजाउनुहोलाः रवि लामिछाने
२०८२ माघ २९ गते, बिहीबार
ट्राफिक व्यवस्थापन सहज हुने
२०८२ माघ २६ गते, सोमबार
नवाैँ वालिङ महाेत्सव सम्पन्न, दस कराेड बढिकाे काराेबार र तीन लाख दर्शकले अवलाेकन गरेकाे आयाेजककाे दावी
२०८२ माघ २६ गते, सोमबार





















