बन्द आँखाले सात छोरीको लालनपालन
नवराज श्रेष्ठ
रामेछाप,११ भदौ– दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उहाँकै काँधमा छ। त्यो पनि उहाँले करिब करिब पार लाउनुभएको छ। उहाँमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ। रामेछाप जिल्लाको मन्थली नगरपालिका–९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उहाँकै काँधमा आएको हो।
चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ। जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन्। काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उहाँलाई थिचेको छ।
चमेलीका आँखामा सानै उमेरदेखि धमिलो देख्ने र टाढाको वस्तु नदेख्ने समस्या थियो तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्योति पूरै गुमे। आँखा बन्द भएपछि पनि सन्तान जन्मिने क्रम भने रोकिएन। उहाँका थप चार छोरी जन्मिए।
चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले उपचारका लागि बुँताले भ्याएसम्म गर्नुभयो। थाहा पाएसम्मका अस्पताल घुमाउनुभयो। ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु-याउनुभयो तर काम लागेन। उहाँको आँखाको ज्योति फर्किएन।
यस्तैमा चमेलीको जीवनमा अर्को बज्रपात आई लाग्यो। जीवनको सहारा पतिलाई पनि उहाँले गुमाउनुभयो। श्रीमान् पनि गुमाएपछि संसार देख्ने उहाँको इच्छा हरायो। साना छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो। “कलिला छोरी, श्रीमान् पनि बित्नुभयो, उनीहरूलाई कसरी हुर्काउने, के गर्ने, के नगर्ने ? केही सोच्नै सकिँन,” उहाँले भन्नुभयो।
केही समय त छिमेकीले सहयोग गरे। सधैँ सहयोग गर्ने कुरा पनि भएन। सबैको आफ्नो व्यवहार हुने नै भयो। छोरीलाई खुवाउनै चमेलीलाई समस्या पर्न थाल्यो। अझ पढाउन लाग्ने थप खर्च त छँदै थियो।
आफैँ पनि केही आम्दानी गर्छु भनेर उहाँ हाते काममा लाग्नुभयो। मकैका खोस्टा तथा बिस्कुट र चाउचाउ खोलको प्लास्टिकबाट चकटी बनाउन थाल्नुभयो। पराल र खरको डाला बुन्न थाल्नुभयो। प्लास्टिकका गाई, भैँसी, खसी, बोका र बाख्रा बाँध्ने दाम्लो र नाम्लो पनि बाट्न लाग्नुभयो। त्यसबाट केही आयआर्जन हुन लाग्यो र गर्जो टर्न थाल्यो। “एउटा चकटी पूरा गर्न दुई दिन लाग्छ। डालो, नाम्लो, दाम्लो बाट्न पनि निकै मेहनत गर्नुपर्छ। चकटी, नाम्लो, दाम्लो सबै गाउँकै मान्छेले लान्छन्। त्यसबाट केही आम्दानी हुन्छ,” उहाँले भन्नुभयो। आँखा नदेख्ने भएपछि राज्यले सामाजिक सुरक्षा भत्ता पनि उपलब्ध गराएको छ। छोरीको पढाइमा विभिन्न संस्थाले सहयोग गरेका छन्।
चमेलीका छिमेकीसमेत रहनुभएका मन्थली नगरपालिका–९ का वडा सदस्य रामबहादुर श्रेष्ठले भन्नुभयो, “चमेलीले दुवै आँखा देख्न छोडेको झण्डै १५ वर्ष भइसक्यो होला। छामेको भरमा निकै राम्रा चकटी, डालो, नाम्लो, दाम्लो पनि बनाउनुहुन्छ। त्यसबाट धेरथोर आम्दानी गर्नुभएको छ। अहिले राज्यले सामाजिक सुरक्षाभत्ता पनि दिइरहेको छ।”
श्रीमान् बितेपछि चमेलीले केही वर्ष ठूलो समस्या भोग्नुप-यो। अब विस्तारै उहाँ अतीतलाई भुल्ने र वर्तमानमा रमाउने प्रयासमा हुनुहुन्छ। ठूला भएका छोरी घरबाहिरको खेतीपातीको काममा सघाउँछन्। घरभित्र र वरिपरिको काम भने उहाँ आफैँ गर्नुहुन्छ।
उहाँलाई अब अरू कुनै सहयोगको अपेक्षा छैन, भयो भने अझै आँखाको उपचार लगाउने इच्छा छ। “कुनै उपाय लगाएर आँखा देख्न पाए हुन्थ्यो, कसैले यसमा चाहिँ सहयोग गरे हुन्थ्यो,” उहाँले भन्नुभयो।गोप
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















