मानव अधिकार एलाइन्स स्याङ्जाको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुन पाठक
स्याङ्जा,४ भदौ– राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) स्याङ्जाको अध्यक्षमा आनन्द पाठक निर्वाचित हुनुभएको छ ।
आज जिल्ला सदरमुकाममा सम्पन्न चौथो अधिवेशनले पाठकलाई पुन अध्यक्षमा निर्वाचित गरेको हो । यसै गरी एलाइन्सको उपाध्यक्षमा भीमा कुमारी थापा, सचिवमा भीम राना, कोषाध्यक्षमा मोहम्मद जुमाल अलि, सदस्यमा सुमित चापागाई र सीता पुरी निर्वाचित हुनुभएको छ । अन्य ३ जना सदस्य थप गरी कार्यसमिति विस्तार गरिने मानव अधिकार एलाइन्स स्याङ्जाले जनाएको छ ।
कार्यक्रका प्रमुख अतिथि मानव अधिकार एलाइन्सका केन्द्रिय सचिव रामचन्द्र पौडेलले समाजमा हुने मानव अधिकार विरुद्धका घटनाहरुलाई मानव अधिकार एलाइन्सले बाहिर ल्याउदै मानव अधिकारकोे संरक्षण र सम्बर्धनमा योगदान गर्न आग्रह गर्नुभयो । सचिव पौडेलले अन्यायमा परेका जनताका दुःख, पिर , मर्का र समस्याका विषयमा आवाज उठाउँदै जिल्लामा मानव अधिकारको अवस्था सुदृढ बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं जनसंगठन संयन्त्र संयोजक सुधिर कुमार पौडेल, एमाले जिल्ला सचिव राजेन्द्र डुम्रे, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य यादव राज शर्मा, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य एवं तनहु जिल्ला इन्चार्ज अनन्त कुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला इन्चार्ज नम्रता थापा, कास्की जिल्ला अध्यक्ष पदम राज पाहारी लगायतले बोल्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष पाठकले संगठनको उद्देश्य अनुरूप मानव अधिकारको संरक्षणका पक्षमा सकृय भएर काम गर्नुका साथै समता मुलक समाजको निर्माणको अधियानमा लाग्ने प्रतिबद्धता व्याक्त गर्नुभएको छ ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















