‘समयमा उपचार गरे डिप्रेसन पूर्णरुपमा निको हुन्छ’
सिर्जना खत्री
काठमाडौं,२९ साउन– कोरोनाकाल पछि नेपाल लगायत विश्वभर डिप्रेसनका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ। मानसिक रोग विशेषज्ञ प्रा.डा.सुदर्शन नरसिंह प्रधानका अनुसार डिप्रेसन एक किसिमको मानसिक रोग हो। डा. प्रधानका अनुसार मानसिक रोग मध्ये सबै भन्दा बढी देखिने रोग हो, डिप्रेसन। डिप्रेसनलाई दिग्दारी रोग पनि भन्ने गरिन्छ। तर, कुनै कारणले मन दुः खी भएर लामो समयसम्म रहिरह्यो भने सो अवस्थालाई डिप्रेसन भनिने डा.प्रधानको भनाइ छ। डिप्रेसन जुनसुकै उमेर समूहका मानिसमा हुने गरे पनि सबैभन्दा बढी महिलालाई हुने अध्ययनले देखाएको छ।
डिप्रेसन विभिन्न कारणले गर्दा हुन्छ। परिवारमा कसैलाई छ भने, हार्मोन परिर्वतनका कारण र सामाजिक, पारिवारिक वातावरणले गर्दा पनि डिप्रेसन हुने चिकित्सकको भनाइ छ। मन उदास हुने, कसैसँग बोल्न, एक्लै बस्न मन पराउने, रमाइलो कुरामा ध्यान नजाने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउछन्।
डिप्रेसनको राम्रोसँग उपचार गरियो भने पूर्ण रुपमा निको बनाउन सकिन्छ। उहाँले भन्नुभयो, “डिप्रेसन हेलचेक्राई नगरी सुरुवाती चरणमा उपचार गरिएमा यो रोग पूर्णरुपमा निको बनाउन सकिन्छ। तर, बिरामीका साथै परिवारका अन्य सदस्यको साथ सहयोगको आवश्यक पर्छ।” एक पटक डिप्रेसन भएका मानिसलाई पुन त्यस्तै अवस्था सिर्जना भएमा पुन बल्झने सम्भावना बढी भएको डा.प्रधानले जानकारी दिनुभयो। डिप्रेसनको विषयमा केन्द्रित भएर मानसिक रोग विशेषज्ञ प्रा.डा.सुदर्शन नरसिंह प्रधानसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो संवाद :गोरखापत्र
भिडियो : मनोजरत्न शाही
ताजा
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार





















