महंगी बिरुद्ध एमाले जनसंगठनको बिरोध प्रदर्शन
वालिङ,२५– गठबन्धन सरकारले दिनप्रतिदिन जनघाति काम गरेको भन्दै नेकपा एमालेको जनवर्गीय संगठनले सरकार बिरुद्ध बिरोध कार्यक्रम गरेको छ ।
बिरोध कार्यक्रममा जनवर्गीय संगठनका साथै एमालेका नेता एवं कार्यक्रर्ताको सहभागिता रहेको थियो । सरकारले महंगी बढाका साथै जनताको ढाड सेक्ने गरी करको दर बढाएर भ्रष्टाचारमा तल्लिन रहेको एमालेको आरोप रहेको छ । बिरोध कार्यक्रममा महंगी बिरुद्धका प्लेकार्ड सहित चरको करका बिरुद्धमा लेखिएका प्लेकार्ड र व्यानर सहित कार्यक्रर्ताहरु जिल्लाको पालिकाको सदरमुकाममा प्रदर्शन गर्नुका साथै कोण सभाहरु सम्पन्न भएकाछन् ।

जिल्ला सदरमुकाम स्थित पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ लगायतका स्थानमा बिरोध कार्यक्रमहरु सम्पन्न भएकाछन् । बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरुले अहिलेको गठबन्धन सरकारले जनबिरोधी काम गरेकोले सरकारको जनबिरोधी कार्यको भण्डाफोर गर्न समेत कार्यक्रताहरुलाई आवहान गरेकाछन् ।
वालिङमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव राजेन्द्र डुम्रे, भीरकोटमा भएको कार्यक्रममा भीरकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल लगायतले बोल्नुभएको थियो भने जिल्लाका अन्य पालिकाहरुमा भएका कार्यक्रमहरुलाई स्थानीय नेताहरुले संबोधन गरेको नेकपा एमालेले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















