पर्यटकीय स्थल घ्वाङखोलामा वृक्षरोपण

वालिङ,१९ साउन– वालिङ नगरपालिका १० मा रहेको पर्यटकीय स्थल घ्वाङखोलामा वृक्षरोपण गरिएको छ । रोटरी क्लब अफ वालिङका अध्यक्ष सीता पाण्डे डुम्रेको जन्म दिनको अवसर पारेर सो ठाँउमा वृक्षरोपण गरिएको हो । रोटरी क्लब वालिङको आयोजनामा भएको कार्यक्रमका सुरुवात वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पिपलको विरुवा रोपेर गर्नुभएको थियो ।

वालिङको पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको घ्वाङखोलालाई थप संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले क्लबले वृक्षरोपण गरेकोमा नगरप्रमुख खाँणले क्लबप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । पर्यटकीय संभावना बोकेका वालिङका स्थलहरुको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटक आगमनमा बृद्धि गराई यहाँको आर्थिक तथा सामाजिक स्तर माथि उकास्न नगरपालिकाले विषेश योजनाका साथ अगाडि बढ्ने नगरप्रमुख खाँणले बताउनुभयो । पर्यटकीय स्थल घ्वाङखोलालाई धार्मिक तथा सांस्कृतिक महत्वका साथ अगाडि बढाउन १०८ पिपलका विरुवा रोपने योजना रहेको क्लबका अध्यक्ष सीता पाण्डे डुम्रेले बताउनुभयो ।

सीताले भन्नुभयो, ‘जन्मदिनमा विभिन्न होटल तथा रेष्टुरेन्टमा गएर क्षणिक रमाईलो गरिन्छ तर यस्ता सामाजिक कार्यले दिर्घकालिन महत्व राख्छ । हरेक जन्मदिनमा मात्रै एउटा विरुवा रोपन सके यसले दिर्घकालिन वातावरणीय फाइदा पुग्छ ।’ बढ्दो शहरीकरणले गर्दा पर्यावरणीय संकट समेत आउन सक्ने भएकाले वातावरण जोगाउन वृक्षरोपण महत्वपुर्ण रहेको पाण्डेले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा पिपलका विरुवा, बेल, कल्की, कपुर, पारिजात, धुपिलगायतका करिव १०० विरुवा रोपिएको क्लबले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal