पर्यटकीय स्थल घ्वाङखोलामा वृक्षरोपण
वालिङ,१९ साउन– वालिङ नगरपालिका १० मा रहेको पर्यटकीय स्थल घ्वाङखोलामा वृक्षरोपण गरिएको छ । रोटरी क्लब अफ वालिङका अध्यक्ष सीता पाण्डे डुम्रेको जन्म दिनको अवसर पारेर सो ठाँउमा वृक्षरोपण गरिएको हो । रोटरी क्लब वालिङको आयोजनामा भएको कार्यक्रमका सुरुवात वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पिपलको विरुवा रोपेर गर्नुभएको थियो ।
वालिङको पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको घ्वाङखोलालाई थप संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले क्लबले वृक्षरोपण गरेकोमा नगरप्रमुख खाँणले क्लबप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । पर्यटकीय संभावना बोकेका वालिङका स्थलहरुको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटक आगमनमा बृद्धि गराई यहाँको आर्थिक तथा सामाजिक स्तर माथि उकास्न नगरपालिकाले विषेश योजनाका साथ अगाडि बढ्ने नगरप्रमुख खाँणले बताउनुभयो । पर्यटकीय स्थल घ्वाङखोलालाई धार्मिक तथा सांस्कृतिक महत्वका साथ अगाडि बढाउन १०८ पिपलका विरुवा रोपने योजना रहेको क्लबका अध्यक्ष सीता पाण्डे डुम्रेले बताउनुभयो ।

सीताले भन्नुभयो, ‘जन्मदिनमा विभिन्न होटल तथा रेष्टुरेन्टमा गएर क्षणिक रमाईलो गरिन्छ तर यस्ता सामाजिक कार्यले दिर्घकालिन महत्व राख्छ । हरेक जन्मदिनमा मात्रै एउटा विरुवा रोपन सके यसले दिर्घकालिन वातावरणीय फाइदा पुग्छ ।’ बढ्दो शहरीकरणले गर्दा पर्यावरणीय संकट समेत आउन सक्ने भएकाले वातावरण जोगाउन वृक्षरोपण महत्वपुर्ण रहेको पाण्डेले बताउनुभयो ।
वृक्षरोपण कार्यक्रममा पिपलका विरुवा, बेल, कल्की, कपुर, पारिजात, धुपिलगायतका करिव १०० विरुवा रोपिएको क्लबले जनाएको छ ।
ताजा
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार





















