पैसा नतिर्ने नियतले साथीको हत्या

निरु गौतम

रुपन्देही,१६ साउन गाडी किनेको पैसा दिने बहानामा फकाई फुल्याई अर्घाखाँची पु¥याएर रुपन्देहीका एक ब्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।  

बुटवलको मैनाबगरमा गाडि किनवेचको काम गर्दै आएका दिपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी बिष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । 

अर्घाखाँचीको मालारानी गाउँपालिका– २ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका –१३ वेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो ।  

पाँचदिनदेखि सम्पर्कविहीन पाण्डेको अर्घाखाँची जिल्ला पाणिनी–२ मा पर्ने डाँडाकटेरी स्थित सिद्ध सामुदायिक वनमा शव भेटिएको हो । हत्याको अभियोगमा पाणिनि–२  घर भई हाल सैनामैना नगरपालिका – ६ कलौनी बस्ने ४३ वर्षीय दिपक भनिने कुलचन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमले हत्या स्विकार गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियावाट आइतबार बिहान ९ः३० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।

गौतमलाई विक्री गरेको लु १ ख ७७८१ नं. को ट्रक पास गर्न भनि हिँडे पनि  सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी सिलाले प्रहरीमा उजुरी गर्नुभएको थियो । साउन ११ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिए पश्चात खोजतलासको क्रममा पाण्डेको शव भेटिएको हो ।  

प्रहरीका अनुसार गौतमले पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नं. को ट्रक रु सोह्र लाख मुल्य कायम गरी पछि दिने सर्तमा नामसारी गरेकोमा उक्त पैसा र घर निर्माण गर्दाको ऋण, मोटरपार्टस सञ्चालन गर्दा लागेको ऋणका कारण ट्रकको पैसा बुझाउन नसकिने देखेपछि हत्या गर्ने योजना बनाएका थिए ।  

गौतमले योजनाबद्ध रुपमा साउन नौ गते पाण्डेलाई अर्घाखाँची स्थित घरमा गएर पैसा दिने भन्दै फकाई फुल्याई गरेर लिई गएकोमा भोलिपल्ट घरवाट कालिज मार्न भनि जंगलमा लगि पछाडीवाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरवाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो । 

पाण्डेको हत्यापछि अघिल्लो दिन प्रहरीको सम्पर्कमा पुगेका अभियुक्त गौतम अर्को दिन  फरार भएका थिए । “पाण्डेकी छोरी सिलालाई फोन गरेर मलाई तनाव भयो, म अब तिम्रो नाममा आत्महत्या गर्छु भनेर हिँडेका थिए, शव भेटिएको भोलिपल्ट प्रहरीले पक्राउ गर्यो”, पाण्डेका आफन्त पुष्कर पाण्डेले भन्नुभयो । 

 पाण्डेलाई योजनाबद्ध तरिकाले अपहरण गरी अर्घाखाँची पु¥याएर हत्या गरिएको परिवार तथा आफन्तको आरोप छ । 
गौतमले सुनियोजित रुपमा विष्णु पाण्डेसंग किनेको गाडीको पैसा अर्घाखांची  गएर दिन्छु भनी बुटवलबाट अपहरण गरी अर्घाखांची पुर्याएर हत्या गरेको मृतकका आफन्त उमेश कुँवरको दाबी छ । “हामीलाई पाण्डेको साथी गौतममाथि शंका लागेर प्रहरीमा उजुरी दिएका थियौ तर प्रहरीले पहिले उनलाई सामान्य सोधपुछ गरेर मात्रै छा्ड्यो, आखिर उनैले हत्या गरेको प्रमाणित भयो”, कुँवरले भन्नुभयो । 

आरोपी गौतमले हत्या गर्न प्रयोग गरेको फलामको रड जय मोटरपार्टसमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको छ । 

पाण्डेको शव सडकदेखि करिब ८०० मिटर दुरीमा सिद्ध सामुदायिक वनको नेवारे खोला नजिक शरीरमा भित्री टिसर्ट र भित्री वस्त्र मात्रै लगाएको अवस्थामा भेटिएको थियो । टाउकोमा गहिरो चोटपटक, अनुहार तथा शरीरमा निलडामहरु समेत रहेको अवस्थामा प्रहरी र स्थानीयवासीले पाण्डेको शव फेला पारेका थिए । 

शव भेटिएपछि पाण्डेका दाजु तेजबहादुर पाण्डेले अपहरण गरी  शरीर बन्धक बनाएर हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको छ । 

आइतबार इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरी उहाँले घटनामा निष्पक्ष अनुसन्धान गरी न्याय दिन अनुरोध गर्नुभयो । 
अभियुक्तले मृतकको नामबाट आफ्नो नाममा गाडी पास गरी रकम समेत नदिएकाले उक्त गाडी समेत बरामद गरी परिवारलाई दिनुपर्ने तेजबहादुरको भनाइ छ । साथै मृतकका छोराछोरीको पालनपोषण, शिक्षादीक्षा, स्वास्थ्योपचारको व्यवस्था गराई क्षतिपूर्ति समेत दिलाउन परिवारको माग छ । 

ताजा

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा

२०८१ बैशाख ५ गते, बुधबार

बाह्रबिसे मेला लाग्ने

२०८१ बैशाख ४ गते, मंगलवार

बस बाट खसेर विद्यार्थीकाे मृत्यु

२०८१ बैशाख ३ गते, सोमबार

यश पालि लाग्लाकी के गर्ला बाह्रबिसे मेला

२०८१ बैशाख ३ गते, सोमबार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal