गरिमाको मोबाईल बैंकिङ्ग स्तरोन्नति भई ‘डिजि बटुवा’
काठमाडौँ,८ साउन– गरिमा विकास बैंक लि।को मोबाईल बैंकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।
आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधासहित पुरानो मोबाईल बैंकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरिएको बैंकका कार्यकारी अधिकृत गोविन्द ढकालले बताउनुभयो ।
‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरि विभिन्न सुविधाहरु जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सकिन्छ ।
विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्नसक्ने बैंकले बताएको छ । बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैकिङ्ग मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो ।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















