वालिङका कृषकलाई कृषि सामग्री वितरण


वालिङ,२ साउन– वालिङ नगरपालिकामा रहेका कृषक तथा उद्यमीहरुलाई कृषि सामग्री तथा बिउबिजन वितरण गरिएको छ । कृषकका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउजन वितरण गरिएको हो । कृषि सामग्री हस्तान्तरण गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारीले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी गराउनुभयो । तिवारीले भन्नुभयो, “कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जानेछौं ।”
नयाँ व्यावसाय गर्न खोजेका युवाहरु तथा व्यावसाय प्रवद्र्धन गर्न चाहाने उद्यमीहरुलाई नगरपालिकामा सञ्चालनमा रहेको ईबिक शाखामा सम्पर्क गर्न समेत उपप्रमुख तिवारीले सुझाव दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन आएमा मात्रै उत्पादन बृद्धि गर्न सकिने बताउनु भयो । कृषक तथा उद्यमीहरुलाई उपलव्ध गराईएको सामग्रीहरुको सही सदुपयोग गर्न भट्टराईले आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न १० वटा सहकारी तथा समूहलाई बिउबिजन, ४० जना कृषकलाई टनेल,एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal