चापाकोटमा रक्तदान कार्यक्रम सम्पन्न
वालिङ,३२ असार– चापाकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी चापाकोट उपसाखाको आयोजना नेपाल रेडक्रस सोसाईटी स्याङजाको प्राविधिक सहयोग र चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । ४ महिला र २८ पुरुष गरी ३२ जनाले रक्तदान गरेका हुन् ।
संक्लित ३२ युनिट रगत स्याङ्जाको ब्लड बैंकमा राखिएको छ । पछिल्लो समय स्याङ्जा स्थित ब्लड बैंकमा रगत अभाव भएकापछि रेडक्रसको अनुरोधमा रक्तदान कार्यक्रम गरिएको रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले जानकारी दिनुभयो । जिल्लाका ११ पालिकाको सहयोगमा स्थापित ब्लड बैंकमा रगत अभाव रहेको सभापति अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो,‘रगत अभाव भएकाले हामीले अनुरोध गरेर रक्तदान कार्यक्रम गरिएको हो । संकलित ३२ युनिट रगतले एक हप्तासम्म काम गर्छ ।’ अन्य विभिन्न संघसंस्थाहरुलाई समेत रगत अभाव भएकाले रक्तदान कार्यक्रम गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।
स्याङ्जा स्थित ब्लड बैंकमा १२० यनिट रगत राख्ने क्षमता छ । चापाकोट स्थित गंगालाल माविमा भएको रक्तदान कार्यक्रममा बोल्नुहुँदै चापाकोट नगरउपप्रमुख ईशा रानाले मानव सेवाको सबैभन्दा ठुलो धर्म नै रगतदान भएकाले नगरपालिकाले यस्ता मानविय कार्यमा सँधै सहकार्य गर्ने बताउनुभयो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार






















