भेषजराज साहित्य प्रतिष्ठानद्वारा वालिङ क्याम्पसमा रचना वाचन

वालिङ,२९ असार– भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचनको स्वंर्ण श्रृंखला वालिङ क्याम्पसमा सम्पन्न भएको छ । प्रतिष्ठानले गुरु पुर्णिमा तथा २०९औँ भानु जयन्तीको अवसरमा बुधबार नियमित रचना वाचनको स्वंर्ण श्रृंखला सम्पन्न गरेको हो ।
प्रतिष्ठानले हरेक महिनामा फरक फरक स्थानमा रचना वाचन कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । साहित्य सृजनाको प्रष्फुटन गर्दै साहित्यबाट पनि समाजलाई सकरात्मक दिशामा अगाडि बढाउन सकिन्छ भन्ने हेतुले प्रतिष्ठानले भिन्न भिन्न स्थानहरुमा यस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममा भेषजराजका सहयात्री चिरञ्जीवी पाण्डेले भेषजराजले साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै साहित्यको माध्यमबाट सकरात्मक तथा रचनात्मक कार्यहरु गर्न सकिने बताउनुभयो । कार्यक्रममा भेषजराजका समकक्षी नरबहादुर पराजुली, प्रतिष्ठानका सल्लाहकार लोकनाथ खनाल, डा.अच्युतशरण अर्याल, नवलपरासीबाट शिव खनाल लगायतले स्वर्गीय भेषजराज तथा भानुभक्तका योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विप्लब खनाल, कृष्ण बास्तोला, वसन्ती अधिकारी, लेखनाथ काफले, शिव खनाल, बोधराज न्यौपाने, दमकुमारी बगाले, कमल बगाले, पारीश्वर न्यौपाने, खुमकान्त अर्याल, गोविन्द बास्तोला, लोकनाथ खनाललगायतले आ–आफना कविता तथा रचनाहरु मार्फत आदिकवि भानुभक्त आचार्यलाई सम्झना तथा सर्मपण गर्नुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । त्यस्तै स्वागत विष्णुप्रसाद अर्याल र धन्यवाद दिपक लम्सालले गर्नुभएको थियो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal