प्रदेश संसाद पियारीको अक्षकोषलाई १ करोड २० लाख बजेट

डम्मर बुढा मगर
बागलुङ,२६ असार– काठेखोला गाउँपालिका ४ तंग्राममा रहेको गाउँमैत्री अक्षकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० मा अक्षकोषका लागि उक्त बजेट विनियोजन गरेको हो ।
प्रदेश संसाद पियारी थापा र जनवादी कलाकार हेमराज पुन ९आश्रम० को विवाहका सन्दर्भमा २०६६ सालमा १० हजारबाट उक्त कोष सुरु भएको थियो ।

व्यक्तिगत रुपमा स्थापित भएको उक्त अक्षकोष अहिले सामुदायिकमा रुपान्तरण गरेको सांसद थापा बताउनुहुन्छ । उहाँले सिंगो समाजलाई नै समेटेर सामाजिक संस्थाको रुपमा विकास गरेको जिकिर गर्नुहुन्छ । तर स्थानीयले भने सामुदायिक रुपमा भने पनि व्यक्तिको मनोमानी भएको आरोप लगाएका छन् । उक्त अक्षकोषको लागि सांसद थापाले आगामी आर्थिक वर्षको बजेटसहित एक करोड २० लाख रुपैयाँ विनियोजन गर्नु भएको छ ।

अक्षकोषको अध्यक्ष उहाँकै श्रीमान हेमराज पुन ९आश्रम० हुनुहुन्छ भने संरक्षक भने सांसद थापानै भएको पाइएको छ । सांसद थापाले कला, साहित्य र संगीतको संरक्षण तथापहिचानका लागि अक्षकोष स्थापना गरेको बताउनुभयो । ‘२०६६ सालमा हामीले विशेष सन्दर्भमा कोषको स्थापना गरेका हौँ, हामीले सुरुमा व्यक्तिगत रुपमा स्थापना गरे पनि पछि गएर यसलाई परिवर्तन गरि सामुदायिक बनाएका छौँ’ सांसद थापाले भन्नुभयो ‘अहिले यो संस्थाका रुपमा विकास गरि कला, साहित्य र संगीतको संरक्षण तथा पहिचान गर्ने गरि लागेको छ ।’

२०६६ सालमा स्थापना भएको अक्षकोष २०६८ सालमा मात्रै दर्ता भएको छ । अक्षकोषका लागि आर्थिक वर्ष २०७७÷०७८ मा १० लाख, चालु आर्थिक वर्षमा ५० लाख र आगामी आर्थिक वर्षमा ६० लाख रुपैयाँ विनियोन भएको पाइएको छ । संसाद थापाले अहिले आफ्नो श्रीमान कोषको अध्यक्ष रहेकोमा अब उहाँले नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको बताउनुहुन्छ ।

सांसद थापाका श्रीमान हेमराज आश्रमले अक्षकोषले विस्तृत योजनाका साथ संग्राहलय स्थापना गरेको बताउनुभयो । उहाँले अहिले संग्राहलयको तीन तला निर्माण भएको भन्दै त्यसको फिनिसिङ गर्न बाँकी रहेको बताउनुभयो । आश्रमले प्रदेश सरकाले सुरुमा विनियोजन गरेको १० लाखबाट देशकै ठूलो नगरा बनाएको बताउनुहुन्छ ।

‘प्रदेश सरकारले सुरुमा विनियोजनगरेको १० लाखले देशकै ठूलो नगरा निर्माण ग¥यौँ, चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटले तीन तलाको भवन ठडाएका छौँ, आगामी वर्षको बजेटले त्यसको निर्माण सम्पन्न गरि संचालन गर्ने योजना छ,’ आश्रमले भन्नुभयो ‘यहाँ नेपाल लगायत विश्वभरका बाजाहरुको संग्रह गरिने छ ।’

१० हजारबाट सुरु गरेको, उक्त अक्षकोषमा एक लाख २० हजार पुगेको आश्रमको भनाई छ । अक्षकोषको ६ रोपनी जग्गा समेत रहेको उहाँ बताउनुहुन्छ ।आश्रम अक्षयकोष समिति अध्यक्ष दोस्रो अध्यक्ष हुनुहुन्छ । उहाँ २०६९ सालदेखि अध्यक्षनै रही राख्नु भएको छ । उहाँले विधान अनुसार २÷२ वर्षमा साधारण सभा हुने गरेको बताउनुहुन्छ ।

अक्षकोष सामुदायिक भने पनि व्यक्तिगत तवरले संचालन गरि रहेको एक स्रोतले भन्यो । आधिकारीकता दिनका लागि समिति भए पनि अक्षकोषको हिसाबकिताब चाहीँ व्यक्तिले नै गर्ने गरेको बुझिएको छ । सोही गाउँका एक स्थानीयले सांसद थापाले अन्य योजनालाई भन्दा यसैलाई बढी प्राथमिकता दिएको बताउँछन् ।

‘मान्य ज्यूले अन्य योजनाभन्दा यसलाई विशेष फोकस गर्नु भएको छ, यहाँ कति धेरै नागरिकका समस्या छन् तर उहाँले ति समस्या समाधान गर्नभन्दा अक्षकोषलाई बढी जोड दिएको पाइन्छ,’ ति व्यक्तिले भने ‘अक्षकोष सामुदायिक भन्छन् तर व्यक्तिकै चल्छ, परिवारकै चल्छ ।’

अक्षयकोष सञ्चालक समितिमा हेमराजका आफन्तहरु मात्रै रहेका छन्, स्रोतले भन्यो, माननीयका श्रीमान र परिवारले सञ्चालन गरेको कोषलाई वर्षैै पिच्छे बजेट आउछ, तर यहाँका अरु थुप्रै समस्या छन्, तिनका बारेमा चासो देखिएन । गण्डकी प्रदेश सरकारले गठबन्धनमा आवद्ध दलका नेता संगै मुख्यमन्त्री र मन्त्रीहरुलाई आफन्तको ट्रस्टलाई करोडौ रुपैँया विनियोजन गरेको खुलेको छ । सरकारमा रहेका दलका आफन्तका नाममा करोडौ रकम विनियोजन गरेको समाचार बाहिरीए संगै गण्डकी प्रदेश सरकारको चौतर्फी बिरोध भइरहेको छ । स्रोतः आदर्श अञ्चार

ताजा

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal