चौतर्फी बिरोध पछि गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठद्वारा आमाबुबाको नाममा रहेको ट्रस्टको पैशा नलिने घोषणा
वालिङ,२६ असार– गण्डकी प्रदेश सरकारका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले प्रदेश सरकारद्वारा आफ्ना आमाबुबाको नाममा स्थाति ट्रस्टलाई विनियोजन गरेको एक करोड बजेट नलिने घोषणा गर्नुभएको छ । स्याङ्जाबाट प्रदेशसभा सदस्य हुदै मन्त्री बन्नुभएका श्रेष्ठले सर्वसाधारण जनताका साथै नेता एवं कार्यक्रर्ताको चौतर्फी बिरोध र दबाब पछि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकम नलिने सामाजिक सञ्जाल मार्फत घोषणा गर्नुभएको हो ।
प्रदेश सरकारले श्रेष्ठका आमाबुबाको स्मृतीमा स्थापना गरिएको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टलाई सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट फरक फरक शीर्षकमा ५०÷५० लाख विनियोजन गरिएको हो ।
पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्टलाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ५० लाख विनियोजन गरेको छ भने सोही ट्रस्टको भवन निर्माण गर्न भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्को ५० लाख विनियोजन गरिएको छ ।
सत्ताको दुरुपयोग गर्दै आफ्नै बुबाआमाको नाममा खुलेको ट्रस्टलाई बजेट विनियोजन गरेको भन्दै सर्वत्र बिरोध भएपछि शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सो रकम नलिने र कमिकमजोरी भएमा सच्चिने मौका दिनुहोला भन्दै सामाजीक सञ्जालमा भएका टिकाटिप्णीले आफुलाई गम्भीर बनाएको समेत मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
आफ्नो आमाबुबाको नाममा स्थापना भएको ट्रस्टले जिल्लामा सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्य रहेको र नागरिक सम्मानका साथै महिला सशक्तिकरण लगायतका क्षेत्रमा काम गर्दै आएको समेत मन्त्री श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गर्नुभएको छ । मन्त्री श्रेष्ठद्वारा लेखिएको स्टाटस यस प्रकार छ ।
सामाजिक सञ्जालमा आएका प्रतिकृयाहरु
यसैगरी गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलका बुबाको नाममा स्मृती कोष निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री नेपालीका बुबा गोवर्धन शर्माको नाममा व्यास नगरपालिका १० पोख्रेल फाटमा स्मृती कोषको निर्माण गर्न सो रकम विनियोजन गरिएको हो । सामाजिक विकास कार्यालय तनहुँ मार्फत कार्यान्वयन हुनेगरी बजेट विनियोजन गरिएको हो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार

























