एएफसी एसियन कप छनोट : नेपाल जोर्डनसँग पराजित
काठमाडौँ,२६ जेठ– एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो ।
खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने जोर्डनले दुई गोल ग-यो । पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए । उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन । गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो ।
दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले एक एक गोल गरे । ओल्वानले खेलको ६९औँ मिनेटमा तथा दारदौरले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए । नेपाल भने गोल गर्नबाट चुक्यो । नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ । नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















