फेदीखोला गाउँपालिका अध्यक्ष सुवेदी द्वारा पद बहाली गरे संगै विद्यार्थीलाई छात्रवृत्ती दिने निर्णय

वालिङ,६ जेठ– फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले आज पद बहाली गरे संगै विपन्न तथा दलित विद्यार्थीहरुका लागि छात्रवृत्ती दिने निर्णय गर्नुभएको छ । स्थानीय तहको गत वैशाख ३० गते भएको निर्वाचनमा विजयी भए संगै आज पद बहाली गर्दै सुवेदीले एक वर्षमा ३० जना विद्यार्थीको लागि छात्रवृत्ती दिने पहिलो निर्णय गर्नुभएको हो ।
प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने तर आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुन नपरोस भनेर आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय विपन्न र दलित विद्यार्थीहरुको लागि प्रविधिक शिक्षा अध्ययन गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ यो निर्णय लिएको बताउनुभयो ।
पद बहाली संगै अध्यक्ष सुवेदीले भन्नुभयो, “प्रविधिक शिक्षा तर्फ विभिन्न विषयको अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रत्येक वर्ष ३० जनाका दरले गाउँपालिकाले छात्रवृत्ती उपलब्ध गराउँछ, यो निर्णयले सोरोजगार मूलक जनशक्ति उत्पादनका साथै प्रविधिक शिक्षा तर्प विद्यार्थीहरुको आकर्षण बढ्ने छ ।”
यही वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका सुवेदीले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदी स्थानीय तह २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल निकै राम्रो काम गरेर चर्चामा आउनुभएका सुवेदी पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

ताजा

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal