फेदीखोला गाउँपालिका अध्यक्ष सुवेदी द्वारा पद बहाली गरे संगै विद्यार्थीलाई छात्रवृत्ती दिने निर्णय

वालिङ,६ जेठ– फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले आज पद बहाली गरे संगै विपन्न तथा दलित विद्यार्थीहरुका लागि छात्रवृत्ती दिने निर्णय गर्नुभएको छ । स्थानीय तहको गत वैशाख ३० गते भएको निर्वाचनमा विजयी भए संगै आज पद बहाली गर्दै सुवेदीले एक वर्षमा ३० जना विद्यार्थीको लागि छात्रवृत्ती दिने पहिलो निर्णय गर्नुभएको हो ।
प्राविधिक शिक्षा अध्ययन गर्न चाहाने तर आर्थिक अभावका कारण पढाइबाट बञ्चित हुन नपरोस भनेर आफ्नो दोस्रो कार्यकालको पहिलो निर्णय विपन्न र दलित विद्यार्थीहरुको लागि प्रविधिक शिक्षा अध्ययन गर्न सहयोग पुगोस भन्ने उद्देश्यका साथ यो निर्णय लिएको बताउनुभयो ।
पद बहाली संगै अध्यक्ष सुवेदीले भन्नुभयो, “प्रविधिक शिक्षा तर्फ विभिन्न विषयको अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रत्येक वर्ष ३० जनाका दरले गाउँपालिकाले छात्रवृत्ती उपलब्ध गराउँछ, यो निर्णयले सोरोजगार मूलक जनशक्ति उत्पादनका साथै प्रविधिक शिक्षा तर्प विद्यार्थीहरुको आकर्षण बढ्ने छ ।”
यही वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएका सुवेदीले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदी स्थानीय तह २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पहिलो कार्यकाल निकै राम्रो काम गरेर चर्चामा आउनुभएका सुवेदी पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal