सयौँ वर्ष पुरानो समाधिस्थल जोगाउँन दशनामी समाजद्धारा अभियान सुरु

रमेश गिरी

भक्तपुर,३० चैत– सयौवर्ष अघिदेखि आफ्ना पुर्खाको समाधिस्थ गर्दै आएका भक्तपुर र काभ्रेका दशनामीहरु आफ्नो समाधिस्थलको संरक्षण अभियान सुरु गरेका छन् ।

भक्तपुर नगरपालिका हनुमानघाटमा रहेको दशनामीहरुको मृत्यु पश्चात पार्थिब शरीरलाई जमिनमा समाधिस्थ गरि अन्त्येष्ठी गर्दै आएको भक्तपुरको हनुमानघाट स्थित समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शवको समाधि गर्ननै समस्या पर्ने गरि ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थलनै कब्जा गर्ने गरि संरचना निर्माणको तयारी गरे पछि भक्तपुरका दशनामीहरुले आजबाट समाधिस्थलको सफाई अभियाननै सुरु गरेका छन् ।

भक्तपुरका झण्डै एक हजार र काभ्रेको नालाका दशनामीहरुले सयौँ वर्ष अगाडिदेखि शव व्यबस्थापन गर्दै आएको समाधिस्थललाई सर्वोच्च अदालतको आदेश विपरित संरचना निर्माण गर्दै व्यायाम गर्ने स्थल बनाउन थाले पछि दशनामीहरु एक भएर आफ्नो समाधिस्थल जोगाउनकै लागि आजबाट सरसफाई अभियान सञ्चालन गरेका छन् ।

भक्तपुर नगरपालिकाले बिभिन्न ठाउँबाट ल्याएर थुपारेको फोहोर माटोलाई डोजरले खनेर पुरिएका करिब १० ट्रक ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामानहरुलाई निकालेर अन्यत्र लगेर व्यबस्थापन गरिएको छ ।

समाधिस्थलभरि रहेका सबै फोहोर पन्छाएर शवको समाधिस्थ गर्न सहज हुने गरि सफाई अभियान सुरु गरेको समाधिस्लथको सफाई अभियानका अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रविन्द्र पुरीले जानकारी दिनु भयो । यसका लागि दशनामीहरु आफै भेला भएका छन् भने संरक्षणका लागि रु. आठ लाख रुपैयाँ आर्थिक सकलन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “सयौ वर्ष अगाडिदेखि दशनामीहरुले यो ठाउँलाई पुर्खाहरु समाधिस्थ गर्दै आएको ठाउँ हो, यसको संरक्षण गर्नु दायित्व हामी दशनामीको त हो नै, कला, संस्कृतिको संरक्षण गर्ने भक्तपुर नगरपालिकाको पनि जिम्मेवारी हो, हामी हाम्रो समाधिस्थलको संरक्षणमा एक भएर जुटेका छौँ ।”

आज भक्तपुर नगरपालिका भित्र रहेका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, वागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायतका क्षेत्रबाट सहभागि भएका ६०० भन्दा बढी दशनामीहरुले समाधिस्थलको सफाई गरेका छन् ।

दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी गरिरहेको बताउदै अरुको कला, संस्कृति, परम्परालाई सम्मान गर्न नगरपालिकाले सिक्नु पर्ने बताउनु भयो ।

त्यसो त १० वर्ष अगाडि नै यस समाधिस्थललाई व्यबस्थित गर्न पुरीले तयार पारेको गुरुयोजनालाई सार्वजनिक गरि कार्यान्वयनमा ल्याउन लागे पछि भक्तपुर नगरपालिकाले अबरोध गरे पछि सर्वोच्च अदालतमा यस बिरुद्ध रिट नै परेको थियो । सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरुको समाधिस्थल भित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेशनै जारी गरेको थियो ।

त्यस अबधीमा नगरपालिकाले समाधिस्थलमा बस पार्क बनाउने, खेल मैदान बनाउने लगायतको तयारी गरेपछि दशनामीले बिरोध गर्दै आएका थिए । नगरपालिकाले समाधिस्थलको यसअघि पनि अतिक्रमण गर्दै आएको उनीहरुको गुनासो छ ।

गुरुयोजनामा समाधिस्थल वरिपरी पर्खाल घेर्ने, समाधिस्थलकाबीच भागमा आकर्षक शिव मन्दिरको स्थापना गर्ने, समाधिस्थलको पूर्व भागमा आकर्षक एवं परम्परागत शैलीको किरियापुत्री भवन निर्माण गर्ने, नुहाउनका लागि धाराको ब्यबस्थापन गर्ने, खोलाको छेऊमा सिंढी निर्माण गरि घाट ब्यबस्थापन गर्ने र समाधिस्थलमा पार्थिव शरीरलाई व्यबस्थित रुपमा समाधिस्थ गर्ने समाजको गुरुयोजना कार्यान्वयनमा आउन सकेको छैन ।

कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको समाधिस्थलको पश्चिमपट्टी जहाँ धेरै शव समाधिस्थ गरिएको छ, त्यस स्थानमा नगरपालिकाले सिमेन्टको इँटा ओछ्याएर व्यायाम गर्ने स्थल बनाउने तयारी गरेको बताइएको छ ।

दशनामीले यसको बिरोध गर्दै दशनामीको धर्म, संस्कृति र मृत्युपछिको परम्परा बिरुद्ध कुनै काम नगर्न नगरपालिकालाई आग्रह गरेका छन् । यस समाधिस्थलमा दशनामी समाज अन्तर्गतका गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम एवं जंगम जातिका मृतक व्यक्तिको पार्थिव शरीरलाई समाधीस्थ गर्दै (शव गाड्दै) आईरहेका छन् ।

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal