निर्वाचन तोकिएकै समयमा हुन्छ ः प्रधानमन्त्री देउवा

वालिङ,१० चैत– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाल स्थानीय तहको निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको हो ।

स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी काम गर्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेसका सभापती समेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो । श्रेष्ठले देशलाई प्रतिगमनकारीबाट बचाउनका लागि पाँच दलीय गठबन्धन जरुरी रहेको र कालीगण्डकीको सभ्यता संरक्षणका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

चापाकोट नगरपालिका धेरै सम्भावना बोकेको पालिका भएकाले पनि यसको विकासका लागि स्थानीय सरकार लागिपरेको नगरप्रमुख शिवकुमार गिरीले बताउनुभयो । स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग सहकार्य, समन्वय गर्दै विकास निर्माण गर्दै अघि बढ्ने नगरप्रमुख गिरीले बताउनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal