छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा भक्तजनको भिड
फाइल तस्वीरः
वालिङ,१७ फागुन– जिल्लाको प्रसिद्ध छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा महाशिवरात्रिको अवसरमा सर्दालु भक्तजनको निकै भिडभाड देखिन्थ्यो । मंगलबार विहानैदेखि स्याङ्जासहित पर्वत, पाल्पा, कास्की, बुटवल, पोखरागरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुबाट आएका भक्तजनहरुले मन्दिरमा दर्शन गर्नुका साथै स्नान गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले कोभिड १९ शुरु भएपछि यसपटकको महाशिवरात्रिमा मन्दिरमा दर्शन गर्ने आउने भक्तजनको उत्साहपुर्ण सहभागिता रहेको बताउनुभयो ।
मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशुल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङ्छङ् गर्दै पहाडबाट झरेकोले यस स्थानको नाम नै छाङ्छाङ्दी रहेको किम्वदन्ति छ ।
शिवरात्रिमा दर्शन गर्न आउँने भक्तजनहरुले चडाएका भेटीबाट ७ लाख ५४ हजार ४ सय ९९ रुपैँया मन्दिरले वचत गरेको छ । आर्थिक उपसमितिका संयोजक शोभाकान्त पौडेलका अनुसार खर्च कटाएर उक्त रकम वचत भएको हो । जसमा सहयोग रसिदबाट ९५ हजार २ सय २३, आजिवन सदस्यबाट २८ हजार ११६, दु्रत सेवाबाट ४ लाख २३ हजार ७५०, विभिन्न स्टल विक्रिबाट ६६ हजार २ सय ८०, पार्किङबाट ९ हजार, दानपेटिबाट ५६ हजार, भजनमण्डलीबाट ७६ हजार १२० रुपैँया आर्थिक संकलन भएको छ ।
मन्दिरमा संकलित भेटी तथा मेलाबाट संकलित रकमले मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आईएको छ । हाल मन्दिर परिसरमा १०८ जलधारा, १०८ शिवलिंग, बाटो, पर्खालगायतका भौतिक संरचना निर्माणाधिन रहेको र यसरी संकलित रकमले भौतिक निर्माणमा खर्च गरिँदै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो केहि वर्षयता कोभिडका कारण मन्दिरमा मेला तथा भक्तजनहरुको सहभागिता कम हुँदा मन्दिरको आयस्रोत कम हुँदै आएको थियो ।
यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।
ताजा
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार





















