छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा भक्तजनको भिड

फाइल तस्वीरः
वालिङ,१७ फागुन– जिल्लाको प्रसिद्ध छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा महाशिवरात्रिको अवसरमा सर्दालु भक्तजनको निकै भिडभाड देखिन्थ्यो । मंगलबार विहानैदेखि स्याङ्जासहित पर्वत, पाल्पा, कास्की, बुटवल, पोखरागरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुबाट आएका भक्तजनहरुले मन्दिरमा दर्शन गर्नुका साथै स्नान गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले कोभिड १९ शुरु भएपछि यसपटकको महाशिवरात्रिमा मन्दिरमा दर्शन गर्ने आउने भक्तजनको उत्साहपुर्ण सहभागिता रहेको बताउनुभयो ।

मन्दिरको महिमाका विषयमा श्री स्वस्थानी ब्रतकथामा समेत उल्लेख गरिएको छ । कथामा उल्लेख गरिएअनुसार भगवान शिवले सतिदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आईपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशुल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तिर्खा मेटाएको र सोही जल हालसम्म पनि छङ्छङ् गर्दै पहाडबाट झरेकोले यस स्थानको नाम नै छाङ्छाङ्दी रहेको किम्वदन्ति छ ।

शिवरात्रिमा दर्शन गर्न आउँने भक्तजनहरुले चडाएका भेटीबाट ७ लाख ५४ हजार ४ सय ९९ रुपैँया मन्दिरले वचत गरेको छ । आर्थिक उपसमितिका संयोजक शोभाकान्त पौडेलका अनुसार खर्च कटाएर उक्त रकम वचत भएको हो । जसमा सहयोग रसिदबाट ९५ हजार २ सय २३, आजिवन सदस्यबाट २८ हजार ११६, दु्रत सेवाबाट ४ लाख २३ हजार ७५०, विभिन्न स्टल विक्रिबाट ६६ हजार २ सय ८०, पार्किङबाट ९ हजार, दानपेटिबाट ५६ हजार, भजनमण्डलीबाट ७६ हजार १२० रुपैँया आर्थिक संकलन भएको छ ।

मन्दिरमा संकलित भेटी तथा मेलाबाट संकलित रकमले मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माण तथा मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आईएको छ । हाल मन्दिर परिसरमा १०८ जलधारा, १०८ शिवलिंग, बाटो, पर्खालगायतका भौतिक संरचना निर्माणाधिन रहेको र यसरी संकलित रकमले भौतिक निर्माणमा खर्च गरिँदै आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पछिल्लो केहि वर्षयता कोभिडका कारण मन्दिरमा मेला तथा भक्तजनहरुको सहभागिता कम हुँदा मन्दिरको आयस्रोत कम हुँदै आएको थियो ।

यहाँ विषेश गरी महाशिवरात्री, बैशाखे सक्रान्ती, आश्रवण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तीज, श्रीकृष्णअष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्छ ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal