कानुङ आँधीखोला सहकारीद्वारा गण्डकी समाचार कर्मी पराजुली र राना सम्मानित
वालिङ,१० पुस– कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाले पत्रकार द्वोय लाई सम्मान गरेको छ । वालिङ नगरपालिका ९ तल्लो वालिङमा रहेको सहकारीले गण्डकी समाचार डट कमका संचालक हिमलाल पराजुली र कार्यकारी सम्पादक कला रानालाई सम्मान गरेको हो ।
पत्रकारिताका माध्यामबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पत्रकार द्वोय पराजुली र रानालाई सम्मान गरिएको सहकारीका अध्यक्ष उमेश दर्लामीले बताउनुभयो ।
सहकारीको तेस्रो वार्षिक साधारण सभाको अवसरमा पराजुली र रानलाई आदिवासी जनजाती आयोगका सदस्य रिना राना, राष्ट्रिय सहारी बोर्डका सदस्य खगिसरा थापा र संस्थाका अध्यक्ष उमेश दर्लामीले सम्मानपत्र र मायाको चिनोले सम्मान गर्नुभएको हो ।
बिगत लामो समयदेखि पत्रकारितामा सकृय रहदै आउनुभएका प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहनुभएका पत्रकार पराजुली राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत हुनुुहुन्छ भनेर रेडियो आँधीखोलाको समाचार प्रमुखको रुपमा काम गर्दै आउनुभएकी सञ्चारिका समुह स्याङ्जाकी अध्यक्ष समेत रहनुभएकी राना रेडियो नेपालको लागि जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ ।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















