हिल्सा बजारको जिम्मा ६ जना कुरुवालाई

राजन राउत
हुम्ला, ५ पुस– नेपाल र चीनको सिमाना नेपालपट्टिको हिल्सा बजार ६ जना कुरुवालाई जिम्मा लगाएर घरधनीहरु चिसो छल्न सिमकोट झरेका छन् । हिमपातले चिसो बढ्दा ब्यापार व्यवसाय सञ्चालन नहुने भएपछि घर कुरुवाको जिम्मा लगाएर घरधनी सदरमुकाम सिमकोटतर्फ झर्नुभएको हो ।
हिल्सामा स्थापना भएको मानसरोवर होटेलका सञ्चालन कर्मा लामाले कुरुवाको जिम्मा लगाएर आफू सिमकोट आइपुगेको बताउनुभयो । अहिले व्यापार व्यवसाय नहुने, त्यसै बस्नुभन्दा कुरुवाको जिम्मामा होटल छाडेर चिसो छल्न आएको उहाँले बताउनुभयो ।
हिल्साको तापक्रम माईनस सत्र डिग्री सेल्सियससम्म पुगिसकेको छ । चिसो अत्याधिक हुन थालेपछि बस्न कठिन भएर आफूहरु तल झरेको लामाले बताउनुभयो । दर्जनभन्दा बढी ठूला पर्यटकीय र अन्य साना होटेलहरु हिल्सामा सञ्चालन हुँदैआएका छन् । कोरोना कहरपछि चीनले हिल्सा नाका बन्द गरेकाले व्यापार व्यवसाय अहिले नरहेको उहाँको भनाइ छ ।
हिउँदको अघिल्ला वर्षमा दशदेखि १२ जना कुरुवाहरु बस्ने गरेको भए पनि यसवर्ष ६ जनाको जिम्मा लगाएर होटेल मालिकहरु हिँड्नुभएको होटल कुरुवाको भनाइ छ । कुरुवा ६ जनाले आगामी बैशाख जेठ महिनासम्म हिल्सा बजारको सुरक्षाको जिम्मा निर्वाह गर्नुपर्नेछ ।
कुरुवाहरुका लागि रासन पानीको उचित ब्यवस्था गरिएको होटल सञ्चालक लामाले बताउनुभयो । हिल्सामा होटेल अन्य सर्वसाधारण समेत गरी करिब एक सय घरधुरी बस्दै आएका छन् । सीमा अध्यागमन र भन्सार कार्यालयहरु स्थापना भएको भए पनि ती कार्यालयहरु दुई वर्षदेखि सञ्चालनमा छैनन् । हिल्सामा कुरुवासँगै सीमा सुरक्षा चौकीमा केही सुरक्षाकर्मी रहनुभएको लामाले बताउनुभयो ।गोरखापत्र
ताजा

वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार