हिल्सा बजारको जिम्मा ६ जना कुरुवालाई

राजन राउत
हुम्ला, ५ पुस– नेपाल र चीनको सिमाना नेपालपट्टिको हिल्सा बजार ६ जना कुरुवालाई जिम्मा लगाएर घरधनीहरु चिसो छल्न सिमकोट झरेका छन् । हिमपातले चिसो बढ्दा ब्यापार व्यवसाय सञ्चालन नहुने भएपछि घर कुरुवाको जिम्मा लगाएर घरधनी सदरमुकाम सिमकोटतर्फ झर्नुभएको हो ।

हिल्सामा स्थापना भएको मानसरोवर होटेलका सञ्चालन कर्मा लामाले कुरुवाको जिम्मा लगाएर आफू सिमकोट आइपुगेको बताउनुभयो । अहिले व्यापार व्यवसाय नहुने, त्यसै बस्नुभन्दा कुरुवाको जिम्मामा होटल छाडेर चिसो छल्न आएको उहाँले बताउनुभयो ।

हिल्साको तापक्रम माईनस सत्र डिग्री सेल्सियससम्म पुगिसकेको छ । चिसो अत्याधिक हुन थालेपछि बस्न कठिन भएर आफूहरु तल झरेको लामाले बताउनुभयो । दर्जनभन्दा बढी ठूला पर्यटकीय र अन्य साना होटेलहरु हिल्सामा सञ्चालन हुँदैआएका छन् । कोरोना कहरपछि चीनले हिल्सा नाका बन्द गरेकाले व्यापार व्यवसाय अहिले नरहेको उहाँको भनाइ छ ।

हिउँदको अघिल्ला वर्षमा दशदेखि १२ जना कुरुवाहरु बस्ने गरेको भए पनि यसवर्ष ६ जनाको जिम्मा लगाएर होटेल मालिकहरु हिँड्नुभएको होटल कुरुवाको भनाइ छ । कुरुवा ६ जनाले आगामी बैशाख जेठ महिनासम्म हिल्सा बजारको सुरक्षाको जिम्मा निर्वाह गर्नुपर्नेछ ।

कुरुवाहरुका लागि रासन पानीको उचित ब्यवस्था गरिएको होटल सञ्चालक लामाले बताउनुभयो । हिल्सामा होटेल अन्य सर्वसाधारण समेत गरी करिब एक सय घरधुरी बस्दै आएका छन् । सीमा अध्यागमन र भन्सार कार्यालयहरु स्थापना भएको भए पनि ती कार्यालयहरु दुई वर्षदेखि सञ्चालनमा छैनन् । हिल्सामा कुरुवासँगै सीमा सुरक्षा चौकीमा केही सुरक्षाकर्मी रहनुभएको लामाले बताउनुभयो ।गोरखापत्र

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal