हिमालकाे काखमा सेता कोटधारी जनशक्ति उत्पादन हुँदै

कर्णाली,२६ मङ्सिर– राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुनाले कर्णालीको नयाँ इतिहास निर्माण भएको बताउनुभएको छ । कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको औपचारिक शुभारम्भ गर्न आज जुम्ला पुग्नुभएका राष्ट्रपति भण्डारीले सम्बोधनमा क्रममा अब प्रतिष्ठानमा प्रगतिका नयाँ अध्यायहरु थपिँदै जाने बताउनुभयो ।

“हाम्रो मुलुकमा कर्णालीको विशिष्ट पहिचान छ”, उहाँले भन्नुभयो, “प्राचीनकालदेखि खस सभ्यताको आधार भूमिका रुपमा परिचित कर्णाली नेपाली भाषाको जननी बनेर गौरवशाली सिञ्जा सभ्यता विकास गरेको छ जसले विश्वसामु हाम्रो मौलिकता प्रवद्र्धन गरिरहेको छ ।”

गौरवशाली इतिहास बोकेको कर्णालीलाई थप प्रसिद्ध बनाउन प्रतिष्ठानको ठूलो भूमिका रहने उहाँको भनाइ थियो । मुलुकको ठूलो प्रदेश कर्णाली विकासका दृष्टिले अस्थायी रुपमा पछि परे पनि पवित्र एवं उर्वर भूमिको प्राकृतिक सम्पदाको अपार सम्भावनालाई सदुपयोग गर्न सकिए आर्थिक समृद्धि हुने र त्यसले समुन्नत प्रदेश रुपान्तरणमा सहयोग पु-याउने राष्ट्रपति भण्डारीको दाबी थियो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “कर्णालीमा उत्पादित उच्च मूल्यका मह, जडीबुटी, हस्तकला, बहुमूल्य यार्सागुम्बा, कटुकी, सुगन्धित वनस्पति शिलाजित जस्ता वस्तुहरु विदेशमा कम मूल्यमा निर्यात हुने तर त्यसबाट उत्पादित औषधि नेपालीले महँगोमा किन्नुपर्ने बाध्यताबाट छुट्कारा पाउन प्रतिष्ठानले अनुसन्धान केन्द्र स्थापना गर्नुपर्दछ । यहाँ उपलब्ध बहुमूल्य जडीबुटीको पहिचान र उपयोग नेपालमै हुने वातावरण बनाउन सक्नुपर्दछ ।”

उहाँले पहाडी भेकको जुम्ली मार्सी धानको उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । चन्दननाथ ब्रान्ड पनि नेपाली बजारमा लोकप्रिय हुँदै गएकाले जुम्ली मार्सी धान उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीका अनुसार कर्णालीको भौतिक पूर्वाधारमा लगानी बढाएर ‘स्वर्गकी अप्सरा’ का नामले परिचित मुगुको राराताल, विश्व प्रसिद्ध धार्मिक–सांस्कृतिकस्थल मानसरोवरसम्म पहुँच र हिल्सा जोड्ने सडकमार्ग निर्माणमा जोड दिई अन्तर्राष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सुदृढ तुल्याउनुपर्दछ ।

लामो समयदेखि आफ्नै घर आँगनमा उच्चस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने सपना देखेका नागरिकको सपना पूरा भएकामा यसका लागि प्रयास गर्ने सबैलाई राष्ट्रपति भण्डारीले बधाईज्ञापन गर्नुभयो । उहाँले प्रतिष्ठान स्थापनाकालदेखि बहुप्रतिक्षित एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ गर्ने अवस्थामा ल्याउन योगदान पु(याउने कर्णालीवासी जनता, विद्वत समुदाय, प्राज्ञिकजगत्, नेपाल सरकार र सम्बद्ध निकायलाई हार्दिक धन्यवादका साथै बधाईज्ञापन गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले रु ७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको पनि शिलन्यास गर्नुभएको छ । शैक्षिक कार्यक्रमको शुभारम्भ गरेपश्चात् आजदेखि एमबीबीएस, बी।फार्मा, बिएनएस, बिएमएस लगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रतिष्ठानको स्थापनाले कर्णालीको स्वास्थ्य सूचाङ्कमा प्रगति भएको बताउनुभयो । उहाँले कर्णाली मात्र नभई प्रतिष्ठान सिङ्गो मुलुकको स्वास्थ्य अवस्थामा कोसेढुङ्गा साबित हुँदै गएको तर्क गर्नुभयो । प्रतिष्ठानका संस्थापक एवं पूर्वमन्त्री नरेश भण्डारीले पिछडिएको क्षेत्रको जीवनमा नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताउनुभयो । उहाँले सेतो हिउँमा एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना बोकेका कर्णालीवासीको व्यग्र प्रतीक्षा पूरा भएको जनाउनुभयो ।

प्रतिष्ठानका उपकुलपति रावलले कर्णालीका लागि फरक र विरलै दिन भएको भन्दै प्रतिष्ठानलाई यहाँ पु(याउन योगदान पुयाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले राष्ट्रपति भण्डारीलाई राष्ट्रिय गौरवको आयोजनामा दस्तावेज गर्न कार्यक्रमबाटै अपिल गर्नुभयो । उपकुलपति रावलले कर्णाली सुनको थाल भएकाले अब त्यो थाल थापेर कतै पनि अनुदान माग्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

उपकुलपति रावलले प्रतिष्ठानका पहलकर्ता, सरकार, सरोकारवाला र स्थानीयको सहयोगले प्रतिष्ठान कोशेढुङ्गा सावित भएको बताउनुभयो । कर्णाली रोग, भोक र गरिबीको पर्याय नभई प्रतिष्ठानले मुलुकको स्वरुप बदल्न सहयोग पु(याउने दाबी गर्नुभयो । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा।श्रीकृष्ण गिरीले धेरै कठिन परिस्थितिमा कर्णालीमा जन्मिएको यो प्रतिष्ठानको महत्व भिन्नै रहेको जनाउँदै प्रतिष्ठानलाई शैक्षिक कार्यक्रम उपलब्ध गराउन प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले प्रतिष्ठान स्थापनाका लागि पहल गर्ने पहल समिति संयोजक तथा पूर्वमन्त्री नरेश भण्डारीसहितका जुम्लावासी, डा गोविन्द केसी, नेपाल सरकार र सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका संस्थापक रजिष्ट्रार श्याम लम्सालले स्थापना कालको स्मरण गर्दै राज्य र स्थानीयसँग गरिएको पहल र सबैको सहयोगले आज प्रतिष्ठान यहाँ पुगेको बताउनुभयो । उहाँले २५ शय्याको अस्पताल ३०० शय्यामा परिणतदेखि प्रतिष्ठान जीवित बनाइ राख्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो ।

ताजा

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal