स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको अध्यक्षमाः अर्याल
वालिङ,१६ मङ्सिर– स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मेलन तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।
वालिङमा सम्पन्न अधिवेशनले टुकराज अर्यालको नेतृत्वमा ३२ सदस्य समिति चयन गरेको छ ।
समृद्ध स्याङ्जाका लागि विश्व अभियान भन्ने मूल नाराका साथ सम्पन्न अधिवेशनले सहमतिय प्रणालि मार्फत नयाँ समिति चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल, उपाध्यक्षहरुमा मध्यपूर्व क्षेत्रबाट हरि लुइटेल, एसिया प्यासेफिक क्षेत्र तर्फ नरेश बहादु जिसी र अमेरिका क्षेत्र तर्फ बिरेन्द्र जङ केसी रहनुभएको छ भने महिला उपाध्यक्षमा माया केसी,महासचिव मुक्ति सुवेदी, सचिवहरु राजेश पाण्डेय र मीन क्षेत्री, महिला सचिव इन्दिरा खनाल, कोषाध्यक्ष खगेंद्र गैह्रे, सह कोषाध्यक्षमा धर्म पराजुली,युवा संयोजक ओमकार पोख्रेल, महिला संयोजक निर्मला तिवारी, मध्यपूर्व संयोजक थमन सिङ रानाभाट,एसिया प्यासेफिक संयोजक हरि प्रसाद न्यौपाने रहनुभएको छ ।
यसै गरी विधानत सदस्यहरु ९ जना कार्यसमिति सदस्य तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष स्वतस् कार्यसमिति सदस्य रहनेछन । कार्यसमिति सदस्यहरुमा गुप्त प्रसाद गैह्रे, नारायण प्रसाद डुम्रे, भरत रोकाह, हुत बहादुर क्षेत्री र एनसिसिहरु बाट अमेरिका(श्रीमती बिमला हमाल श्रेष्ठ, यूएई( गोविन्द भट्टराई, दक्षिण कोरिया(बिजय थापा, जापान( ध्रुब ज्ञवाली, नेदरल्यान्ड(राजेन्द्र शर्मा, बेलायत( शारदा गुरुङ,स्पेन( बिमल गुरुङ, साउदी अरब(श्री पारस काफ्ले, अस्ट्रेलिया( दिपक क्षेत्री,कतार(अजामत अलि, पोर्तुगल(अर्जुन अर्याल, बेल्जियम(पर्शुराम रेग्मी, फ्रान्स(अरुन चाम्रु गुरुङ, मलेशिया( चोलाकान्त पङ्गेनि, जर्मन( श्रीमती निलम सिन्जाली मगर, नर्बे (श्री शालिकराम अर्याल९समन्वय कर्ता० डेनमार्क(बिष्णु शर्मा पौडेल, हंङ्कङ(इश्वर गुरुङ्ग रहेका छन्।
नयाँ कार्य समितिका केही पदहरुमा भने मनोनयन हुन बाँकी रहेको छ । युरोप तथा अस्ट्रेलिया क्षेत्र बाट दुई जना उपाध्यक्ष, प्रवक्ता, युवा उप(संयोजक, युरोप संयोजक, अमेरिका क्षेत्र संयोजक, अस्ट्रेलिया क्षेत्र संयोजक र ५ जना कार्यसमितिको मनोनयन बाकि रहेको निर्वाचन समिति सदस्य खेम नारायण काफ्लेले बताउनुभयो । संस्थाको पहिलो बैठकले यसको टुंगो लगाउनेछ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति डाक्टर गणेशमान गुरुङले संस्थाले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । स्वास्थ्यमा समस्या परेका हरुको निम्ति आर्थिक सहयोग, कोभिडको समयमा स्वास्थ्य सामाग्री वितरण लगाएतका कामहरुमा ५० लाख भन्दा बढिको आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने दोहोरि च्याम्पियन विजेता प्रकाश पराजुली र लोकदोहोरि क्षेत्रमा पीएचडि गर्नुभएका तुलसी प्रभासलाई सम्मान गरिएको थियो ।
प्रत्यक वर्ष दशैं र तिहारको बीच समयमा अधिवेशन गर्दै आएको यस संस्थाले यस पटक भने कोभिडको कारण झण्डै एक महिना पछि सरेको हो ।
संस्थाका नवनिर्वाचित अध्यक्ष टुकराज अर्यालले १ करोडको अक्षयकोष निर्माण तथा संस्थाको आफ्नै भवन निर्माण प्रमुख प्राथमिकतामा परेको र सामाजिक काममा जिल्लामा उल्लेखनिय उपस्थिति जनाउने बताउनुभएको छ । विश्वभरि छरिएर रहेका स्याङ्जाबासी दाजुभाई तथा दिदीबहिनीहरुको प्रतिनिधित्व गर्ने यस सामाजिक संस्थामा १७ वटा भन्दा बढि देशमा राष्ट्रिय समन्वय परिषद९एनसिसि० हरु गठन भएका छन् ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार























