एमाले महाधिवेसन ः स्याङ्जामा प्रचार तिव्र, वालिङमा बृहत मोटरसाईकल र्याली

वालिङ,८ मङ्सिर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि वालिङमा बृहत मोटरसाईकल र्याली गरिएको छ । एमाले वालिङ नगरकमिटीले मोटर साईकल र्यालीको आयोजना गरेको हो । पार्टी कार्यालय भकुण्डेबाट ¥याली शुरु गरिएको हो ।

पार्टी कार्यालयबाट शुरु भएको ¥याली भकुण्डे, भुम्रे, तल्लो वालिङ, वालिङ मोड हुँदै मिर्दि, रामबाच्छा, त्रियासी खहरेहुँदै पुनः वालिङ मोडमा आएर समापन भएको थियो ।

र्यालीको समापनका अवसरमा बोलने वक्ताहरुले महाधिवेशन सफल पार्न सबै नेताकार्यकर्ताहरुलाई एक भई अगाडि बढ्न आग्रह गरेका थिए ।

एमालेको दशौं महाधिवेशन पछि पार्टी झनै सशक्त भएर उदाउने वक्ताहरुको भनाई थियो । ७ किलोमिटरको ¥यालीमा ३०० मोटरसाईकलमा ५०० जना सहभागि भएको एमाले नगरकमिटी अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal