शिक्षकलाई राजनीति गर्न नदिए नेपालकाे पार्टी प्रणाली नै कमजाेर हुन्छ : प्रचण्ड

काठमाण्डाै,७ मङ्सिर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ । 

आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।

नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताउनुभयो । उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा जति पनि पार्टी छन्, सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन् । सबैभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई नागरिककाे  बीचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन । त्यस कारण म त के भन्छु भने शिक्षकहरू अझ सक्रिय भएर समाज सेवामा, सामाजिक रूपान्तरणका काममा, राजनीतिक रूपान्तरणका काममा लाग्नुपर्नेछ । प्राविधिक रूपमा तपाईँहरूलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक नागरिककाे बीचमा काम गर्ने वातावरण बनाइन्छ । तपाईँहरू द्विविधामा नरहनु होला ।’

अध्यक्ष दाहालले शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि बताउनुभयो । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उहाँको भनाइ छ । उज्यालो

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal