अनेरास्ववियु स्याङ्जाद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध

वालिङ,२६ कात्तिक– पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्ध अनेरास्ववियु स्याङ्जाले विरोध प्रदर्शनगरेको छ । शुक्रबार अनेरास्ववियु वालिङमा विरोध ¥याली सहित कोण सभा गरेको छ । वालिङ बहुमुखी क्याम्पसबाट निस्किीएको ¥याली भकुण्डेमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु स्याङ्जाका संयोजक सगुन रानाले तत्काल मुल्य वृद्धि फिर्ता लिन आग्रह गर्नुभयो ।

पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुँदा दैनिक उपभोग्य खाद्य वस्तुको समेत मुल्य वृद्धि हुने देखिएकाले यसको प्रत्यक्षमा मारमा विद्यार्थी र आम नागरिक पर्ने भएकाले यो मुल्य वृद्धि तत्काल फिर्ता लिन उहाँले आग्रह गर्नुभयो ।

मूल्य वृद्धिका विषयमा सरकार लाचारी देखिएको भन्दै आम नागरिकलाई प्रत्यक्ष मार पार्ने गरी भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ताका लागि यो सांकेतिक दबाब रहेको अनेरास्ववियुले जनाएको छ । मुल्य वृद्धि फिर्ता नभए चरणबद्ध आन्दोलनको घोषणा गर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ । कार्यक्रममा जनता मार्न पाईँदैन् पेट्रोलियम पदार्थको मुल्य फर्ता गरलगायतका नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेको थिए ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मुल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मुल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal