एमालेमा युवाको आकर्षण १९ वर्षीया प्रइया बनिन् उपसचिव
वालिङ,७ कात्तिक– नेकपा (एमाले)मा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । नेकपा एमालेले शनिबार मुलुकभर एकै साथ केही स्थानमा बाहेक वडास्तरका अधिवेशन सम्पन्न गरेको छ ।
आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले अधिवेशनको सुरुवात वडा तहबाट सुरु गरेको हो । वडा तहको अधिवेशनमा नेकपा एमालेको वडा कमिटीमा अधिकाशं युवाहरुको सहभागित रहेको छ । वालिङ नगरपालिका १० नम्बर वडामा शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनबाट १९ वर्षीया प्रइया न्यौपानेले उपसचिवको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।
जिल्लामा सम्पन्न वडा अधिवेशनमा पदाधिकारीमा जिम्मेवारी पाउने कान्छी पदाधिकारी न्यौपाने रहेको एमाले स्याङ्जाले जनाएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट वडा कमिटीको उपसचिवको जिम्मेवारी पाउनुभएकी प्रइया न्यौपानेले पार्टीले दिएको जिम्मेबारीले आफुलाई उत्साहित बनाएको र झनै बढि सकृय भएर पार्टीको काममा लाग्ने बताउनुभयो ।
वालिङ बहुमुखी क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्यनरत न्यौपाने १२ कक्षामा अध्ययन गर्दादेखि राजनीतिमा लागेको र घरपरिवारको सहयोगले आफुलाई यस क्षेत्रमा लाग्न सहयोग मिलेको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “म समाज परिवर्तनको लागि राजनीतिमा लागेकोछु, असल राजनीतिज्ञबाट मात्रै समाजको परिवर्तन र रुपान्तरण सम्भव छ । त्यसैले म आफ्नो पढाइका साथसाथै सामाजिक क्षेत्रमा आफुलाई अगाडी बढाउन चाहान्छु ।” समाजमा राम्रो काम गरेर देखाउने न्यौपानेको भनाइ छ ।
यसै गरी नेकपा एमाले वालिङ नगरपालिका ९ नम्बर वडा कमिटीमा प्रेमप्रसाद पराजुली १२ मा प्रेम पराजुली र १४ मा टिकाराम लुईटेल अध्यक्षमा निर्वाचित हुनुुभएको छ । युवाहरु अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित भएपछि युवाहरु थप उत्साहित भएका छन् । निर्वाचित युवा अध्यक्षहरुले पार्टीको संगठन विस्तारका साथै सामाजिक क्षेत्रमा निर्णायक भूमीका खेल्ने समेत बताएका छन् ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार

























