एमालेमा युवाको आकर्षण १९ वर्षीया प्रइया बनिन् उपसचिव

वालिङ,७ कात्तिक– नेकपा (एमाले)मा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । नेकपा एमालेले शनिबार मुलुकभर एकै साथ केही स्थानमा बाहेक वडास्तरका अधिवेशन सम्पन्न गरेको छ ।

आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेले अधिवेशनको सुरुवात वडा तहबाट सुरु गरेको हो । वडा तहको अधिवेशनमा नेकपा एमालेको वडा कमिटीमा अधिकाशं युवाहरुको सहभागित रहेको छ । वालिङ नगरपालिका १० नम्बर वडामा शनिबार सम्पन्न वडा कमिटीको अधिवेशनबाट १९ वर्षीया प्रइया न्यौपानेले उपसचिवको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

जिल्लामा सम्पन्न वडा अधिवेशनमा पदाधिकारीमा जिम्मेवारी पाउने कान्छी पदाधिकारी न्यौपाने रहेको एमाले स्याङ्जाले जनाएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट वडा कमिटीको उपसचिवको जिम्मेवारी पाउनुभएकी प्रइया न्यौपानेले पार्टीले दिएको जिम्मेबारीले आफुलाई उत्साहित बनाएको र झनै बढि सकृय भएर पार्टीको काममा लाग्ने बताउनुभयो ।

वालिङ बहुमुखी क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्यनरत न्यौपाने १२ कक्षामा अध्ययन गर्दादेखि राजनीतिमा लागेको र घरपरिवारको सहयोगले आफुलाई यस क्षेत्रमा लाग्न सहयोग मिलेको बताउनुभयो । न्यौपानेले भन्नुभयो, “म समाज परिवर्तनको लागि राजनीतिमा लागेकोछु, असल राजनीतिज्ञबाट मात्रै समाजको परिवर्तन र रुपान्तरण सम्भव छ । त्यसैले म आफ्नो पढाइका साथसाथै सामाजिक क्षेत्रमा आफुलाई अगाडी बढाउन चाहान्छु ।” समाजमा राम्रो काम गरेर देखाउने न्यौपानेको भनाइ छ ।
यसै गरी नेकपा एमाले वालिङ नगरपालिका ९ नम्बर वडा कमिटीमा प्रेमप्रसाद पराजुली १२ मा प्रेम पराजुली र १४ मा टिकाराम लुईटेल अध्यक्षमा निर्वाचित हुनुुभएको छ । युवाहरु अध्यक्ष सहित विभिन्न पदमा निर्वाचित भएपछि युवाहरु थप उत्साहित भएका छन् । निर्वाचित युवा अध्यक्षहरुले पार्टीको संगठन विस्तारका साथै सामाजिक क्षेत्रमा निर्णायक भूमीका खेल्ने समेत बताएका छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal