गल्याङकी बसन्ती एक हप्ता देखि बेपत्ता
वालिङ,५ कात्तिक– गल्याङकी एक महिला एक हप्तादेखि बेपत्ता हुनुभएको छ । गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडाकी ३५ वर्षीया बसन्ती थापा एक हप्तादेखि बेपत्ता हुनुभएको हो ।
बेपत्ता बसन्ती थापाको खोजीका लागि उहाँका श्रीमान चन्द्र बहादुर थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिनुभएको छ । एक हप्ता पहिले बिहानको समयमा घरबाट निस्किनुभएकी थापा अहिले सम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । थापाले प्रयोग गर्ने मोबाइल समेत घरमै छोडेर गएको र कसैले प्रलोभनमा पारेर बेपत्ता बनाएको हुनसक्ने श्रीमानको भनाइ रहेको छ । विवाह भएको १८ वर्ष भएको र अहिले सम्म आफुहरु बिचमा झैझगडा समेत नभएको चन्द्रबहादुरको भनाइ रहेको छ ।
एक छोरा र दुई छोरीकी आमासमेत रहेकी बसन्ती एक्कासी सम्पर्क विहिन भएपछि परिवार चिन्तित बनेको छ । बसन्ती थापाको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















