बाख्रामय बन्दै च्यारे गाउँ


गोपाल जिटी
वालिङ,२५असोज–स्याङ्जाको च्यारे गाउँ स्थानीय युवाहरुको सक्रीयतामा बाख्रामय बन्दै गएको छ । वालिङ नगरपालिका ४ च्यारे आसपासका युवाहरु गाउँघरमै बाख्रापालन व्यावसायमा सक्रिय भएका छन् ।

रोजगारीको खोजिमा युवाहरु वैदेशिक यात्रामा निस्किरहेको अवस्थामा यहाँका १९ जना युवाहरु आफ्नै गाउँघरमा बाख्रापालनमा सक्रिय भएका हुन् । युवाहरुले नेचर हिल बाख्रापालन समूह गठन गरी बाख्रासँगै कृषि उद्यम विकासमा लाग्ने एक सार्वजनिक सुनुवाई कार्यक्रमा जानकारी गराएका छन् ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशनको आयोजना एवं विकेन्द्रीकृत आयोजना सहयोग इकाई पोखराको साझेदारीमा समूहले बाख्रापालन गर्ने भएको हो । आयोजना इकाईले साझेदारी गर्ने भएपछि युवाहरुलाई थप उत्साही बनाएको समूहका अध्यक्ष लालप्रसाद गुरुङले बताउनुभयो । इकाईको तर्पmबाट ७८ लाख ६७ हजार ८ सय २७ रुपैँया अनुदान रकम र समूहमा सहभागीहरुको समेत गरी १ करोड ५८ लाख ५७ हजार ३ सय ८७ रुपैँयाको कूल लागतमा बाख्रापालन गर्ने योजना बनाएको समूहका अध्यक्ष गुरुङले बताउनुभयो ।

पूर्वमन्त्री पद्माकुमारी अर्यालको कार्यकालमा सम्झौता भए अन्ुसार योजना अगाडि बढाइएको समेत अध्यक्ष गुरुङले जानकारी दिनुभयो । विगत ५ वर्षदेखि बाख्रापालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले अरु युवाहरुलाई पनि समेटेर व्यवसाय गर्नसके रोजगारीको लागि वैदेशिक पलायनमा कमि ल्याउनुका साथै गाउँमै स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले अगाडि बढेको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले युवाहरुको सक्रिय सहभागिताबाट नै उद्यम विकासले गति लिने बताउनुभयो । वालिङका एक सफल कृषक समेत रहनु भएका पौडेलले च्यारे गाउँलाई बाख्राको हवकारुपमा विकास गरी गाउँमा उद्यमी बनाउने युवाहरुको योजनाको प्रशम्सा गर्दै युवाहरुले आय आर्जनको गन्तव्य विदेश होइन, अब आप्mनै देशलाई बनाउनु पर्नेमा जोड दिनुभयो ।
वडा कार्यालयले वर्षभरिका लागि ४० लाखको बजेट विनियोजन गरेको थियो भने परियोजनाबाट युवा उद्यम विकासमा यति धेरै रकमको अनुदान प्राप्त हुनु ठूलो कुरा भएको उल्लेख गर्दै अध्यक्ष पौडेलले यसलाई अवसरकारुपमा लिएर लक्ष्य प्राप्तीमा लाग्न आग्रह गर्नुभयो ।

वडाका १३ पुरुष र ६ महिलाको सहभागिता रहेको समूहले खोर निर्माणका लागि ५ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने समूहका सचिव रविन्द्र मल्लले जानकारी दिनुभयो । ततकालको लागि ३ सय ५० बाख्रा पाल्ने र क्रमशः तरकारी खेतीको क्षेत्रलाई समेत अगाडि बढाउने समूहको योजना रहेको छ ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal