मोतिपुर औद्योगिक क्षेत्रमा झडप, तीनको मृत्यु
बुटवल,२५ असोज– रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा परि तीन जनाको मृत्यु भएको छ । भने तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा कर्मीले गोली चलाउदा मृत्यु भएको हो ।
घाईतेहरुको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारारत १३ जना घाईतेहरु मध्ये तीन जनाको मृत्यु भएको हो ।
मोतिपुर औद्योगिक क्षेत्रमा आईतबार भएको झडपमा परि २० बढी घाईते भएका थिए अन्य घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । झडपमा परि पाँच जना प्रहरी समेत घाईते भएका छन् ।
आइतवार दिउँसो सुकुम्वासी बस्तीमा अतिक्रमित टहरा हटाउन खोज्दा प्रहरी र सुकुम्वासी विच झडप भएको थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आइतबार साँझ ४ बजेदेखि कफ्र्यू लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतवार जारी गरेको आदेशमा आइतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि क्रफ्यु लगाएको उल्लेख गरिएको छ ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















