विकास निर्माणका योजना वर्तमान सरकारले कटौती गर्यो ः पूर्व मुख्यमन्त्री गुरुङ
विकास निर्माणका योजना वर्तमान सरकारले कटौती गर्यो ः पूर्व मुख्यमन्त्री गुरुङ
वालिङ,२२ असोज– गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफुहरुको सरकारले ल्याएको विकास निर्माणका कामहरु वर्तमान सरकारले कटौती गरेको बताउनुभएको छ । शुक्रबार अर्जुनचौपारी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेता एवं पूर्व मुख्यमन्त्री गुरुङले सरकार जनतामैत्रि बन्न नसकेको बताउनुभएको हो ।
नेकपा एमाले अर्जुनचौपारी गाउँपालिकाद्वाारा आयोजित भेलामा एमाले सचिव समेत रहनुभएका गुरुङले केहि नेता चोइटिएर गएपनि एमाले पार्टी झनै सशक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अवसरबादी केहि व्यक्ति पार्टीबाट अलग भएपनि यसले पार्टीलाई झनै एकढिक्का बनाएको छ । अवसरबादीहरुको भविष्य दिगो हुँदैन् । जनताको हितमा काम गर्नेलाई निर्वाचनमा जनताले नै मुल्यांकन गर्नेछन् ।’
कार्यक्रममा पूर्व मन्त्री पद्माकुमारी अर्यालले पहिलेको सरकारले गरेका कामहरु अहिलेको सरकारले गरेको भन्दै जस लिन खोजेको बताउनुभयो । जनताका लागि कोभिड विरुद्ध खोपलगायतका विभिन्न कार्यक्रमहरु केपी ओली सरकारकै कार्यक्रम रहेको भन्दै वर्तमान सरकारले जस लिन मात्रै खोजेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य द्वोय मोहन रेग्मी र मिनप्रसाद गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, अनेरास्ववियु पूर्व केन्द्रय उपाध्यक्ष रश्मी आचार्य लगायतले बोल्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















