श्रेष्ठद्वारा लिखित ‘एउटा सत्य’ कविता संग्रहको लोकार्पण
वालिङ,१६ असोज– अनन्तकुमार श्रेष्ठद्वारा लिखित ‘एउटा सत्य’ कविता संग्रहको आज जिल्ला सदरमुकाममा लोकार्पण गरिएको छ ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कमिटी स्याङ्जाको आयोजनामा कवि श्रेष्ठद्वारा लिखित ‘एउटा सत्य’ कविता संग्रहको लोकार्पण कार्यक्रमको आयोजना गरिएको हो ।
एक कार्यक्रमका विच प्राज्ञ एवं विम्ब कवि रमेश श्रेष्ठले सो कृतिको लोकार्पण गर्नुभएको हो । कविता संग्रहको लोकार्पण गर्दै श्रेष्ठले कवितामा जनताका सुख दुःखहरु मुखरित हुनुपर्ने बताउदै कवितामा मान जीवन र सिङ्गो समाजलाई नै परिवर्तन ल्याउन सक्ने तागत हुनेभएकोले यसलाई महत्वपूर्ण रुपमा हेरिने गरिएको बताउनुभयो । उहाँले कवि श्रेष्ठद्वारा लिखित कवित यथार्ततामा आधारित भएकोले यसलाई एउता प्रेरणाको रुपमा लिन सकिने समेत बताउनुभयो ।
कार्यक्रममा सो कृतिका लेखक अनन्तकुमार श्रेष्ठ, पुतलीबजार नगरपालिकाका कार्यवहायक नगरप्रमुख ओमबहादुर खड्का, लक्ष्मी सामुदायीक पुस्तकालयका अध्यक्ष अनन्त मरासिनी, साहित्यकार चिन्तु गिरी, राष्ट्रिय जनसांस्कृतीक महासंघका केन्द्रीय सदस्य शंकर विरही गुरुङ, कविता परिचर्चाकार भुवन क्षेत्री, र साहित्यकार सुवास मल्ल लगायतले साहित्य जगतमा एउटा नयाँ कृति थपिएकोमा शुभकामना दिनुभएको थियो ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ स्याङ्जाका अध्यक्ष कमलप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव वुद्धि परियारले गर्नुभएको थियो ।
सामाजिक क्षेत्रमा सकृय रहदै आउनुभएका श्रेष्ठका यस अघि तीन ओटा कृति प्रकाशन भइसकेका छन भने पछिल्लो पटक प्रकाशन गरिएको ‘एउटा सत्य’ कविता संग्रहको रुपमा दोस्रो हो । पर्यटन क्षेत्रका संगसंगै एक सहकारी अभियान्ताका रुपमा आफुलाई चिनाउदै आउनुभएका श्रेष्ठको परिचय अव साहित्यकार एवं कविका रुपमा समेत थपिएको छ ।
ताजा
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार























